Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

परिस्थितिले मलाई मज्जाले बुझ्ने बनाएको छ

  • बर्दिया टुडे
  • 7.1K
    SHARES
  •  

    परिस्थिति सँग म कहिले उहीँ रहन सकिन । हासो र आशु बिचको दोसाँध रहेछ जीवन नत सधै हाँसी नै रहन सके नत रोई नै रहन ।

    हासो खोज्दा खोज्दै कति पटक मुटु फुट्ने गरि भक्कानिएर रोएको छु । कहिले कसैसँग धेरै आशा  राखेर निराशा भएकोमा , कहिले भूत ,भबिष्य, बर्तमान सम्झेर । कहिले सोचेको भन्दा धेरै माया पाएर पनि रोए ,कहिले मायाको अभावमा रोए ।

    हो पहिला रुदाँ र अहिले रुदाँकाे अन्तर अलि धेरै फरक छ । पहिला सानो छदा कस्ले के भन्लान् भन्ने प्रवाह नगरीकन रोए ,कति पटक पिडाहरुको चाप हदभन्दा धेरै हुँदा सहन गाह्रो भएर रोए । मलाई याद छ रुदाँ रुदाँ आखा सुनिने गरि आशुहरु लुकाएको छु ।  मेरा कमिकमजोरीहरु अनि सहि गलत कुराहरु छुट्याउन सक्ने भए पनि  कतिपय अवस्थामा भावनाहरु बास्तबिकता संग मेल नखादा फेरि रुने र हास्ने क्रम चालि नै रहेको छ ।

    अपबादमा जिन्दगीकाे बास्तबिकता अलि फरक रहेछ, म खुशी सधै खोज्ने प्रयत्नशील हुन्थे । म सोच्दै थिए यो आशुहरुको अन्त्य कहिले हुन्छ अनि कुन दिन । यति धेरै सहेर प्रत्येक पल पल मरि मरि भाचिरहेको मलाई बाच्न गाह्रो भइरहेको छ । तर परिस्थितीकाे सामना गर्दै हिंड्न्, हिड्ने प्रयास पनि गरि नै रहे ।

    म भिडभाड देखी टाढा दुख देखि टाढा जाने हरदम प्रयत्नमा थिएँ । म चाहान्थे हरेक दिन नौलो उत्साहको दिन होस तर परिस्थितिले मलाई तगारो लगाईरहेको थियो । तर म कदापि पछाडी हटिन म निरन्तर आत्मबलका साथ आगाडि बढिरहेकी थिएँ ।

    ब्यवहारिक ,नैतिकता ,चरित्रवान हुन जीवनमा धेरै नै परिक्षाहरु दिनु पर्छ । यतिसब हुँदा, हुँदा सबैको आलोचना सहन परि नै हाल्छ तर  मैले भने ब्यवहारिक ,नैतिकता ,चरित्रवान आदि जस्ता विषयमा कहिले आलोचना त्यति सुनिन । हामीले सोचेको जस्तो त कतिपय कुराहरू हुदैनन् तर सोच्न पनि कहिल्यै छोड्नु हुन्न ।

    हो नि त जब सम्म सोच्दैनौ तब सम्म पुरा हुन गाह्रो छ । सोच्न पर्छ पुरा हुने नहुने हाम्रो लगनशीलतामा निर्भर पर्छ । रोएको कसैले मन पराउदैन। आशु संग हैन हासो संग मितेरी गास्न खोज्नु पर्छ । हरेक सानो सानो पलमा खुशीहरु को आभास गर्न सक्नुपर्छ । मैले हाँसो खोज्दै गर्दा यो कुरा बुझे आशु भित्र नै वास्तविक खुशी लुकेको हुदो रहेछ । हो मैले यो कुरा पढेर हैन परेर बुझेँ ।

    हामी जीवनमा मात्तिन र आत्तिनु कदापि हुन्न रहेछ यो नि परिस्थितिले मलाई मज्जाले बुझायाे ।आशुको बयान गर्ने प्रयास गर्न पनि सकिएन किन कि आशु खुशी र दुखी दुबै बेला आखा बाट आशु झार्नु र यसको अर्थ चाहिँ समय र परिस्थिति अनुसार फरक लाग्दो रहेछ । जिवनमा सुखी, सफल ,समृद्ध हुन चाहनु हुन्छ भने निराश हुन छोड्नुपर्छ । अनि मात्र तपाईं सफल हुने निश्चित छ खुशी जिवनको पहिलो  सफलताको सिडि हो ।

    गोमा बिष्ट गुलरिया ,बर्दिया

     


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij