सामाजिक उत्तरदायित्व बहन गर्दै विकास प्रेमी युवा समुह : सुरक्षाकर्मीलाई स्वास्थ्य एवम् राहत सामाग्री सहयोग
बर्दिया टुडे
चैत्र २९, २०७६ शनिवार
१६:५१:३१ मा प्रकाशित
4.0K
SHARES
4.0K
SHARES
विकास प्रेमी युवा समुह राजापुरले सुरक्षाकर्मीहरुलाई सेनीटाईजर, पिपिईसेट, ग्लब्स, ओभरकोट, गमबुट, माक्स, पानी अण्डा लगायतका स्वास्थ्य एवम् राहत सामाग्री प्रदान गरेको छ ।
जनताको सुरक्षामा दिनरात खटिरहेको ईलाका प्रहरी कार्यालय राजापुर र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट राजापुरलाई राहत स्वरुप उक्त सामाग्री प्रदान गरिएको बिकास प्रेमी यूवा समाज राजापुरका अध्यक्ष शिसिर शर्माले बताएका छन् ।
ADVERTISEMENT
देश अहिले लकडाउनमा रहेको र सबै स्थानियहरु होम क्वारेन्टाईनमा रहेका बेला लकडाउन सफल बनाउन सुरक्षाकर्मी भने नागरिकको सुरक्षाका लागि ड्युटीमा दिनरात खटिरहेका छन् । प्रहरीले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको र यो संकटका समयमा विकास प्रेमी युवा समुहको आह्वानमा सहयोगी मनहरुवाट संकलन भएको सहयोगवाट स्वास्थ्य एवम् राहत सामाग्री सुरक्षाकर्मीहरुलाई हस्तान्तरण गरिएको समान व्यवस्थापन संयोजक एवम् बिकास प्रेमी यूवा समाज राजापुरका सल्लाहकार सूर्य के.सी. ले वताए ।
शनिवारबार राजापुरमा बिकास प्रेमी यूवा समाज राजापुरका युवाहरुले ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख प्र.ना.उ मिन बहादुर घले र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट राजापुरका सशस्त्र प्रहरी निरिक्षक किशोर डाँगीलाई सेनीटाईजर, पिपिईसेट, ग्लब्स, ओभरकोट, माक्स, गमबुट, पानी अण्डा लगायतका राहत सामाग्री प्रदान गरिरएको हो ।
देश शंकटमा रहेका बेला सुरक्षा निकायले सुरक्षा व्यवस्थालाई कडा पारेर नागरिकको सुरक्षामा खटिरहेको वेलामा हरेक युवाहरुले सुरक्षाकर्मीहरुलाई सहयोग गर्नुपर्ने वताउदै समान व्यवस्थापन संयोजक एवम् बिकास प्रेमी यूवा समाज राजापुरका सल्लाहकार के.सी.ले सुरक्षाकर्मीहरुको सुरक्षामा विशेष ध्यान दिन राजापुर नगरपालिकालाई आग्रह समेत गरे ।
के.सी.ले सहयोग संकलन बाट खरिद सामग्री नेपालगन्ज बाट राजापुर सम्म ल्याइ दिन एम्बुलेन्स सहयोग गर्ने नेपाल रेडक्रस शाखा राजापुरकी अध्यक्ष माया भट्टराईलाई धन्यवाद समेत प्रदान गरेका छन् ।