Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गिरीले गरे पौष्टिक आहारका रुपमा राहत स्वरुप कुखुराका अण्डा हस्तान्तरण

  • बर्दिया टुडे
  • 7.3K
    SHARES
  •  

    राजापुर नगर क्षेत्रका वृद्ध बृद्धा, अशक्त , गर्भवती एवम सुत्केरी महिलाहरुरुलाई लक्षित गरी नेपाली काँग्रेस राजापुर नगरका उप सभापति एवम् प्रदर्शनी आधुनिक कृषि फर्मका प्रोप्राइटर धनिराम गीरीले पौष्टिक आहारका रुपमा राहत स्वरुप कुखुराका अण्डा हस्तान्तरण गरेका छन् ।

    बिश्वब्यापी महामारी नोबेल कोरोना भाईरसका कारण भएकाे लकडाउनवाट प्रभावित तथा कोरेन्टाईनमा रहेका अति निम्न बर्गिय श्रमजीवी तथा मजदुर परिवारका वृद्ध बृद्धा, अशक्त , गर्भवती एवम सुत्केरी महिलाहरुरुलाइ राहत स्वरुप राजापुर नगरपालिका वार्ड नं.५ भौंरा निवासी गिरीले १ हजार ३ सय ५० वटा कुखुराका अण्डा राजापुर नगरपालिकाका वडा नं. १,२, ३,४, ६, ७, ८, ९, १० का वडा अध्यक्षहरुलाई हस्तान्तरण गरेका हुन ।


    ADVERTISEMENT

    images

    प्रत्येक वडामा १ सय ५० वटा अण्डाका दरले वितरण गरिएको वताउँदै गिरीले आफ्नो सानो सहयोगले यस विपतको घडीमा मलहम लगाउने विश्वास आफूले लिएको बताए ।

    अन्तिम समयमा आएर वडा नं. ५ का वडा अध्यक्ष राम वहादुर थारुले राहत आफूले बुझ्न अस्विकार गर्दै नगरपालिकामा गएर बुझाउन भनेपछि राहत स्वरुपको अण्डा उक्त वडामा प्रदान नगरिएको समेत गिरीले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij