Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरस्थित नेपाल भारत सीमा क्षेत्रमा कडाई : थप १८ सशस्त्र प्रहरी परिचालन गरियो

  • बर्दिया टुडे
  • 9.7K
    SHARES
  •  

    कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले देश लकडाउन गरेको आज दुईसाता वितिसकेको छ ।

    खुला सीमानामा हुने आवागमन रोक्न नेपाल भारत दुवै देशका सीमानाका बन्द गरेपनी भारतवाट लुकिछिपी आउनेक्रम रोकिएको छैन ।

    भारतमा कोरोना संक्रमण फैलिँदै गर्दा यसरी लुकिछिपि भित्रीनेहरुका कारण राजापुर क्षेत्र लगायत बर्दिया जिल्लामा जोखिम बढेको छ ।

    खुला सीमानाका कारण जोखिम बढेको भन्दै अवैध रुपमा आवागमन पूर्ण रुपमा रोक्न जिल्लाका सीमावर्ती क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन भएको छ ।


    ADVERTISEMENT

    images

    जिल्लाको राजापुर क्षेत्र अन्तगर्त कोठीयाघाट देखि सतारफार्म सम्म १२ किलोमिटर सीमा क्षेत्रमा कडाई गर्न थप १८ जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट राजापुरका सशस्त्र प्रहरी निरिक्षक किशोर डाँगीले बताए ।

    ‘सीमा क्षेत्रमा पहिले देखि नै कडाई भएपनी थप कडाईका लागि सुरक्षाकर्मीको संख्या बढाएर २४ सै घण्टा निगरानी बढाएका छौ’ उनले भने ।

    पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा कोरोना भाईरसका विरामी फेलापरेपछि कैलालीसँग सीमा जोडिएको बर्दियाको राजापुर क्षेत्रका सबै नाका बन्द गरिएकोे स्थानीय प्रशासनले जनाएको छ ।

    लकडाउनको समयमा सीमाक्षेत्रवाट अवैध रुपमा कोही पनी आवत जावत गर्न नपाओस भनेर सुरक्षा निकायले निगरानी बढाएको बताईएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij