कोरोना भाइरस को त्रासदी रहिरहेको यो समयमा सबभन्दा बढी सुरक्षाकर्मी जोखिममा रहेको देखिएपछि बर्दियाका युवा व्यवसायीहरुले सुरक्षाकर्मीका लागि सुरक्षित गाउन(पिपिइ) सहयोग गरेका छन्।
विपद्को यो विकराल अवस्थामा सबभन्दा बढी जोखिममा सुरक्षाकर्मी देखिएकोले सुरक्षा इकाई मार्फत १ सय ५० वटा प्लास्टिकबाट बजार मै बनाइएको सुरक्षित गाउन(पिपिइ) ५ जना व्यवसायी मिलेर सहयोग गरेको निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष भेषराज पौडेल(भरत) ले बताए ।
सहयोग गर्ने व्यवसायीहरुमा भेषराज(भरत) पौडेल, देवेन्द्र(मंगल) पाण्डे, अशोक यादव, सोम पाण्डे र मनोज बर्मा रहेका छन्।
सबै व्यवसायी मिलेर देशको यस्तो बिषम परिस्थितिमा एकजुट भएर एक कदम अगाडि बढेर सहयोग गर्ने र सरकारले गरेको निर्देशन पालना गरे हामीले यो विपत्तिलाई पक्कै जित्न सक्ने अर्का एक निर्माण व्यवसायी अशोक यादवले बताए। हाम्रो पनि सामाजिक दायित्व रहने भएकोले यो केहि गरौ भनेर ५ जना मिलेर सहयोग गरेको र भोलिका दिनमा समेत यो विपत्तिको समधानका लागि सहयोग गर्ने हिमाली इट्टा उद्योगका प्रमुख देवेन्द्र पाण्डे(मंगल)ले बताए।
कोरोना भाइरस नियन्त्रणका लागि केन्द्र प्रदेश भन्दा बढि स्थानीय व्यवसायीहरुले सहयोग गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। उनले भने,−‘केन्द्र र प्रदेशबाट आस्वासन र कागजी प्रक्रिया मात्र धेरै आएको तर बर्दियाका व्यावसायिले खुलेर सहयोग गरिरहनु भएकाे छ।’
बर्दियाका युवा व्यवसायीहरुले दिएका सुरक्षित गाउन(पिपिइ) क्वारेन्टाइन सेन्टरमा खटिएका र आवश्यक सेवा प्रभावलाई सुचारु गर्न र बिषेश समयमा निरन्तर सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि एकदमै जरुरी देखिएको थियो र सहयोग गर्नु भएकोमा जिल्ला सुरक्षा परिवारका तर्फबाट ५ जनै व्यवसायी धेरै धेरै धन्यवादका पात्र रहेको समेत लामिछानेले बताए ।