Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

श्रीमान हत्याको आरोपमा श्रीमती पक्राउ

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • बर्दिया प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । हत्या आरोपमा बाँसगढी नगरपालिका-६ निवासी ५० वर्षीया दिलमाया दरैलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
        
    ५२ वर्षीय समला दरै श्रीमान मारेर फरार भएकी थिइन् । टेलिफोनमार्फत प्रहरीलाई सूचना प्राप्त भएको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।    
        
    कार्तिक ७ गते बेलुकी श्रीमान श्रीमतीबीच झगडा भएको खुल्न आएको छ । भोलिपल्ट घरमा कोही पनि नदेखिएकोले ढोका खोली हेर्दा दरै मृत अवस्थामा भेटिएका थिए। घटना स्थलमा मुङ्ग्रो भेटिएको छ ।  श्रीमान अत्याधिक मदिरा पिउने बानी भएका कारण मुङ्ग्रोले हिर्काएकाे महिलाले प्रहरी समक्ष बताएकी छन् । 
        
    घटना स्थलमा प्राप्त भएका प्रमाणहरु परीक्षणका लागि पठाइएको छ । श्रीमती दरैलाई बाँके जिल्ला खजुरा गाउँपालिका-७ स्थित गुनाना भन्ने स्थानमा प्रहरीले फेला पारेको उनले जानकारी दिए । प्रहरीको हिरासतमा राखिएकी उनलाई कर्तब्य ज्यानमुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी बास्तोलाले जानकारी दिए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij