लायन्स क्लबद्धारा स्वास्थ्यकर्मीका लागी ७ थान पिपिइ हस्तान्तरण
बर्दिया टुडे
चैत्र २०, २०७६ बिहिवार
११:५६:४८ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
“हामी सेवा गर्छौं” भन्ने मुख्य ध्येयका साथ स्थापना भएको लायन्स क्लब अफ बर्दियाले स्वास्थ्यकर्मीका लागी व्यक्तिगत सुराक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ ।
विश्व व्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको जोखिम बाट बच्न अहोरात्र खट्ने स्वास्थ्यकर्मीका लागी प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछाने मार्फत उक्त समाग्री हस्तान्तरण गरिएको हो ।
ADVERTISEMENT
लायन्स क्लब अफ बर्दियाको नेतृत्वमा बर्दिया का सम्पूर्ण क्लबहरु को सहयोगमा कोरोना को महामारीको जोखिमबाट जोगिन मा ५ थान पिपिई सहयोग गरिएको हाे ।
लाइन्स क्लबकाका क्षेत्रिय संयोजक होमनाथ अधिकारीले व्यक्तिगत तर्फ बाट उपलब्ध गराईएकाे २ थान समेत गरि ७ थान पीपीई र ५ सय थान मेडिकल पन्जा जिल्ला विपद व्यवस्थपान समितीको अध्यक्ष एवं बर्दियाका प्र.जि.अ. लामीछानेलाई हस्तान्तरण गरीउकाे हाे ।
कोरोना भाइरसको जोखिममा स्वास्थ्यकर्मीहरु समेत रहेको बर्दिया जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष अंगद श्रेष्ठले बताए । यस्तो समयमा लायन्स क्लबले गरेको सहयोगका लागी धन्यवाद दिँदै यस्तो समाग्रीको आवश्यकता भएको भन्दै प्रदेश सरकारलाई समेत अनुरोध गरिएको उनले बताए ।
कोरोना भाइरस संक्रमण फैलिन सक्ने बर्दिया प्रशासनले उच्च सतर्कता अपनाएको छ । तर हालसम्म स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री बर्दिया आइसकेको छैन । सामग्री अभावका कारण पनि स्वास्थ्य परीक्षणमा समस्या बढेकोले लायन्स क्लबले सहयोग गरेको लयन्स क्लब बर्दियाका अध्यक्ष माधव कुँवरले जानकारी दिए।