कोरेन्टाईनमा रहेकाहरुलाई लक्षित गरी रहत स्वरुप कुखुराका अण्डा प्रदान
बर्दिया टुडे
चैत्र २०, २०७६ बिहिवार
११:४१:२१ मा प्रकाशित
3.6K
SHARES
3.6K
SHARES
राजापुर नगर क्षेत्रका कोरेन्टाईनमा रहेकाहरुलाई लक्षित गरी नेपाली काँग्रेस राजापुर नगरका उप सभापति एवम् प्रदर्शनी आधुनिक कृषि फर्मका प्राेप्राइटर धनिराम गीरीले राहत स्वरुप कुखुराका अण्डा प्रदान गरेका छन् ।
बिश्वब्यापी महामारी नोबेल कोरोना भाईरस (COVID 19) लकडाउनवाट प्रभावित तथा कोरेन्टाईनमा रहेको अति निम्न बर्गिय श्रमजीवी तथा मजदुरहरूलाई राहत स्वरुप राजापुर नगरपालिका वार्ड नं.५ भौंरा निवासी गिरीले ६ सय ३० वटा कुखुराका अण्डा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बसन्तराज अधिकारीलाई हस्तान्तरण गरेका हुन ।
आफ्नाे सानाे सहयाेगले यस विपतकाे घडीमा समस्यामा परेकाहरुलाई मलहम लगाउने विश्वास आफूले लिएकाे गिरीले बताए ।