गेरुवा प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रेसका महाधिवेसन प्रतिनिधि शाही द्वारा १ लाख १ हजार प्रदान गर्ने घोषणा
बर्दिया टुडे
चैत्र २०, २०७६ बिहिवार
१०:४२:३२ मा प्रकाशित
14.8K
SHARES
14.8K
SHARES
बर्दियाको गेरुवा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नेपाली काँग्रसका महाधिवेसन प्रतिनिधि भद्रबहादुर शाहीले १ लाख १ हजार प्रदान गर्ने घोषणा गरेका छन ।
शाहीले उक्त सहयोग गर्दा अरु संघ संस्थालाई पनि सहयोग गर्न प्रेरणा मिलोस् र कोरोनाबाट कसैको पनि ज्यान गुमाउन नपरोस भनेर सहयोग गर्न लागेको बताए ।
लकडाउन हटना साथ आफुले उक्त रकम बैङ्कमा दाखिला गर्ने शाहीले फोन मार्फत गेरुवा कर्णाली पोष्टलाई वताए ।
गाउँपालिकाले कोषमा सहयोग गर्न गरेको आह्वानसँगै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले रकम दिन थालेका छन् ।
गेरुवा ५ का विकल्प शाही (गोकर्ण)ले रु १० हजार प्रदान गरेका छन् भने जे. वि ट्रेडर्सका प्रोप्राइटर जितेन्द्र विक्रम शाहले रु २५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
गाउँपालिकाले मेगा बैंकमा प्राकृतिक प्रकोप व्यवस्थापन कोषको खातामा आफू सक्दो सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने गाउँपालिका अध्यक्ष जमान सिंह के.सी.ले बताए ।
कोरोना सङ्क्रमणको जोखिम पूर्वतयारीमा जुटेको गेरुवालले वडा नं ५ पशुपतिनगर स्थित पशुपति मावि र वडा नं. १ को कार्यालयमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले ३२ जना बसेका छन् ।