कोरोना संक्रमण भएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वडाले एक लाख दिने
बर्दिया टुडे
चैत्र १९, २०७६ बुधवार
१४:२८:५४ मा प्रकाशित
2.4K
SHARES
2.4K
SHARES
बर्दियाको गुलरिया नगरपालिका वडा नं २ कार्यालयले काम गर्दा गर्दै कोरोनाबाट संक्रमित भएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई एक एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
वडासमितिले आज बैठक बसी आफ्नो क्षेत्र भित्र काम गर्दा गर्दै संक्रमित भएका सुरक्षाकर्मी र स्वास्थ्य कर्मीलाई एक लाख दिने निर्णय गरेको हो ।
गुलरिया नगरपालिका अन्तर्गतको शम्भुशरण माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा खटिएका र वडा नं २ का अन्य स्थानमा खटिएका लाई राहत दिइने वडाध्यक्ष टंकप्रसाद अधिकारीले बताए ।
उनले भने सबै लकडाउनमा घरबसेर सुरक्षित हुँदा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी ज्यान कै माया मारेर खटिएका छन् । उनीहरुको मनोवल बढाउनका लागि प्रोत्साहन स्वरुप एक लाख दिने निर्णय गरेको हो ।
सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कुनै भवितव्य भए वा कसैबाट कोरोनाको संक्रमण सरे उनिहरूलाई क्षति पुर्ति वापत रकम उपलब्ध गराइने छ ।
त्यसैगरी वडा नं २ कार्यालयले शम्भुशरण माध्यमिक विद्यालयमा १० बेडको क्वारेन्टाईन बनाएको छ । क्वारेन्टाईनमा बस्नेलाई खानाको व्यवस्था गर्ने सुरक्षाका लागि खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई खाना नास्ता र यातायात खर्चको व्यवस्था वडाले गर्ने वडाध्यक्ष अधिकारीले बताए ।