बर्दिया प्रहरीले अबैध पटाका सहित एक जना लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका ७ बस्ने वर्ष ३० को मक्बुल सेष अहमद लाई अबैध पटाका सहित पक्राउ गरेको हाे । पक्राउ परेका सेष अहमद माथी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाेको छ ।
यसैगरी प्रहरीले बर्दियाकाे बढैयाताल गाउँपालिका ८ कालिकाबाट वेवारिसे अवस्थामा रहेकाे रु २०हजार बरावरकाे अबैध पटाका बरामद गरेकाे जनाएकाे छ ।