बर्दियामा कालो बजारी गर्ने २ जना पक्राउ रङ्गेहात पक्राउ
बर्दिया टुडे
चैत्र १८, २०७६ मंगलवार
१५:५७:५१ मा प्रकाशित
6.4K
SHARES
6.4K
SHARES
पछिल्लो समय बर्दियामा कालोबजारी बढेका कारण प्रहरीले समेत निगरानी बढाए संगै २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कालोबजारी गर्ने क्रममा बर्दिया प्रहरीले बर्दिया बढैयाताल गाँउपालिकाको शीतला बजारबाट दामोदर किराना पसलका कुशल शर्मा र बाँसगडी नगरपालिकाको बाँसगडी बजारको बुद्ध मेडिकल हलबाट बुद्धि चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए।
सोमबार शितलाबजारबाट चिनी पिठाे लगायतका खाद्यवस्तु बजार दररेट भन्दा बढी रुपैयाँमा बेचेको विल भेटिए पछि कुशल शर्मा लाई पक्राउ गरीएको र आज मगलवार बाँसगडी बजारमा ४ सय ५९ रुपैयाँ लेखिएको सेनिटाइजर १५ सय मा बेच्ने क्रममा बुद्धि चौधरीलाई रङ्गेहात पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए। दुवै जनालाई कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको समेत उपरिक्षक बास्तोलाले जानकारी दिए।