Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको भौरा क्षेत्रमा नेपाल टेलिकमको मोवाईल डाटा नचल्दा सेवाग्राही समस्यामा, सरोकारवाला टेलिकम मुकदर्शक

  • बर्दिया टुडे
  • 4.3K
    SHARES
  • बर्दियाको भौरा क्षेत्रमा लामो समय देखि नेपाल टेलिकमको मोवाईल डाटा नचल्दा सेवाग्राही समस्यामा परेका छन् । राजापुर तथा गेरुवा गाउँपालिकामा सेवा प्रभावकारी वनाउन भन्दै विभिन्न ठाउँमा टेलिकमले टावर खडा गरे पनि भदौ देखिनै मोवाईल डाटामा अवरोध आए पनि राजापुरमा रहेको टेलिकम भने मुकदर्शक बनेको छ । दशै तिहार मनाउन बिभिन्न सहरबाट भौरा क्षेत्रमा आएका स्थानीय सम्पर्क विहिन जस्तै भएको राजापुर नगरपालिका ५ का राजेश थारुले वताउनु भयो । अहिले नेपाल भर नै 4G को प्रयोग भए पनि भौरा क्षेत्रमा डाटा नचल्नु विडम्बना भएको उहाँको भनाई छ । जनता नै उस्तै भएर हो अन्था यति लामो समय सेवा बन्द नै नहुने अर्का स्थानीय खेमराज शर्माले वताउनु भयो । मोवाईल डाटा प्रभावकारी नहुदा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा सञ्चालित कम्प्युटर सेन्टरको काममा आधा भन्दा धेरै समस्या देखिएको कम्प्युटर पसलेको दुखेसो छ । मोवाईल डाटामा आएको समस्यालाई लिएर पटक पटक सञ्चारकर्मीको टोलि नै राजापुरमा रहेको टेलिकमको कार्यालयमा जादाँ पनि अहिले द्धन् विस्तार हुदा समस्या आएको कार्यालय प्रमुख अमित कुमार शर्माले वताउनु भयो । केही समयपछि यो समस्या हटेर जाने बाहेकको अर्काे जवाफ नदिने गरेका कार्यालय प्रमुख शर्माले क्षेत्रिय कार्यालय नेपालगंजले नै प्राविधिक समस्या हेर्ने वताउनु भयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij