Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लकडाउनबाट पिडित ज्यालादारी श्रमिक, गरिब, विपन्न र असहायलाई खाद्यान्न वितरण

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    कोरोना भाइरस ले देश मै लकडाउन भएर दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा रहेका गुलरिया नगरपालिका बडा नं ६ का स्थानीय ‌लाई खाद्यान्न वितरण गरिएको छ। 

    कोरोना भाइरस को त्रासदी नेपाल सरकारले आज लकडाउन गरेको ६ दिन सम्म कुनै पनि काम गर्न नपाएर घर मै बस्न बाध्य ज्यालादारीमा काम गर्ने श्रमिक, गरिब, विपन्न र असहायलाई खाद्यान्न वितरण गरिएको गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष निरज कुमार शर्माले बताए। लकडाउनले काममा जान पनि नमिल्ने र दैनिक श्रम गरेर साँझ र बिहानको चुल्हो  जलाउने परिवारहरु को समस्या बुझेर  वडाका त्यस्ता व्यक्ति पहिचान गरी खाद्यान्न वितरण गरिएको शर्माले जानकारी दिए। 

    हामी जस्ता दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएकालाई बडा नं ६ ले लकडाउनको समयमा गरेको यो खाद्यान्न  सहयोग प्रति हार्दिक धन्यवाद दिन चाहेको वडा नं ६ का स्थानीय रग्घु वाल्मीकीले बताए।

    लकडाउनले ज्यालादारी पनि गर्न नपाउने र घरको दैनिकी खाद्यान्न ‌को व्यवस्था कसरी जोहो गर्ने भन्ने सोचमा थियौं तर बडा ले खाद्यान्न सहयोग गर्यो खुसी लागेको दुर्गा योगीले बताए। वडा नं ६ का करिब १ सय परिवारलाई चामल र दाल वितरण गरिएको वडा नं ६ का वडा सदस्य मोहम्मद अयुव हलवाइले बताए। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij