Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोही नजिक आउँदा पनि डर लाग्ने रहेछ

  • बर्दिया टुडे
  • 14.8K
    SHARES
  •  

    मानव अस्तित्वको अन्त्य हुँदा आखिरमा चाहने भनेको नैतिकता रहेछ त्यसैले पुन म भन्छु शिक्षा संगै नैतिक ब्यवहार सिकाउ।


    ADVERTISEMENT

    images

    बिश्वब्यापी रुपमा तीब्र गतिमा फैलिएको covid19 को एक मात्र रोकथामको उपचार घरमा सुरक्षित रुपमा बस्नु हो । covid 19को प्रभाव नपरेको देश कमै छन ।त्यसमा पनि नेपाल अछुतो रहन सकेन ।

    सरकारले लकडाउन गरेका बेला पनि कति असहज भको जस्तो कति रमाउदै बाहिर निस्केका जब सम्म आफू र आफन्तीलाई केही हुन्न तब सम्म सबै मजाक जस्तो लाग्छ ।

    आफुलाई परेपछि मात्र हाहाकार मच्चाउन सुरु गर्छन् ।कति बलवान् शक्तिशाली देशले त घुडा टेक्ने अवस्था सिर्जना भएको छ । हामी नेपालीले धेरै सजग हुने बेला आएको छ । आफू बचेर अरुलाई पनि बचाउ । तर मलाई थाहा छ बाध्यता पनि त्यति धेरै नै छ ।

    सबै बाध्यताहरुलाई आत्मसात गर्ने बेला आयको छ । हाम्रो इतिहासमा हामीले ठुला युद्ध जित्याैँ । अब यो पनि एक युद्ध हो। तिमी एक जनाले मर्न के को डर भनेर मैदानमा गयौं भने तिमी लगायत तिम्रो नजिकका तिम्रो संगत गर्ने सबै बिना हतियार मर्ने छन। त्यसैले होशियार !

    कुनै दिन थियो जब साथीभाइहरूलाई भेट्दा कसिलो अङ्गालो मारिन्थ्यो, हात मिलाइन्थ्यो। अतिथि देव भवको सस्कारमा हुर्केका हामी अब त कोही नजिक आउँदा पनि डर लाग्ने रहेछ। मान्छेका कैयौँ खुशीमा कारण एउटा भाइरसको यति धेरै डर, त्रास लाग्ला भनेर त कसले सोचेको थियो र?

    समय सबैभन्दा बलवान्‌ रहेछ। कति खेर कुन आपत्ति आई लाग्छ पत्तै हुदैन । म बस्ने कोठा नजिकै एक दिनको भेट्घाटले अचानक भएको लाकडाउनले अहिले १ हप्ता बस्न बाध्य बनायको छ। अझ कति बनाउने हो अनुमान गर्न गाह्रो असहज र असजिलो भएको देखिन्छ ।

    अनि म लगायत मेरा वरपर भाडामा बस्नेको अवस्था पनि दयनीय भैइरहेको छ । बिद्यार्थीहरुको योजना योजनामा नै सिमित भएको छ । सबैको कति धेरै काम कारोबार ठप्प भएको छ । दैनिक कामकाज गरि खानेको अवस्थाको त कुरै नगराैँ, नाजुक चुलोमा आगो बल्न धैधौ भैइ रहेको छ ।

    बिदेश बाट त्रासले गर्दा घर आउनेको लहर चलेको छ ।शहर बाट गाउँ आउने बढेका छन । कोहि आउन नपाए बिचल्ली भएका छन ।यस्ता थुप्रै समस्याहरुको माझ बाट ब्यक्तिले घरमा बसेर आफू लगायत अरुलाई बचाउदै छ ।

    लकडाउन रहरले हैन मानवको हामी नेपालीको अस्तित्व बचाउको लागि हुँदै छ । त्यसैले कृपया कत्ति पनि लापरबाही न गरौं जहाँ छौं ,त्यहीँ सुरक्षित बसौं आफू पनि बचौ अरुलाई पनि बचाउ नैतिकवान नगरिकको कर्तव्य पालना गरौं ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij