Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लकडाउनको अवज्ञा : खेतमा जम्मा भई तास खेलिरहेका १० जना पक्राउ

  • बर्दिया टुडे
  • 7.1K
    SHARES
  • (पक्राउ परेकाहरुलाई कोरोना बाट बच्ने उपायबारे जानकारी गराईदैँ)

     

    लकडाउनको अवज्ञा गर्दै लुकिछिपी खेतमा तास खेलिरहेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

    लकडाउनकाे समयमा बाटोमा हिंड्नेलाई  समझाई बुझाई गर्दै आइरहेकाे प्रहरी चाैथाे दिनबाट लकडाउनको अवज्ञा गर्ने प्रति प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ ।

    लकडाउनकाे अवज्ञा गर्दै खेतमा समूह बनाई तास खेलिरहेको अवस्थामा  गुलरिया नगरपालिका वडा नं ५ सुहेलवा गार्उका प्रमोद थारु, सन्तराम थारु, हेमराज थारु, प्रेमराज थारु, कन्हैया थारु, राजेश थारु, रोहित थारु, रमेश थारु र दयाराम थारुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।  पक्राउ परेका उनिहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालयकाे प्राङ्गणमा ल्याई कोरोनाबाट बच्ने तरिकाका वारेमा  सिकाईएको छ ।

    बर्दिया प्रहरीले लकडाउनका बेला घर भन्दा बाहिरा ननिकस्कन, समुह बनाई नबस्न, बाटोमा अत्यावश्यक काम बाहेक नजान तथा लकडाउनको पुर्णपालना गर्न लगायतका सजतकता अपनाउन आग्रह गर्दै आएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij