Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बढैयातालमा कोरोनाबिरुद्ध शिक्षक र स्वयंसेवक परिचालन

  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  •  

    बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना भाइरस (कोभिड—१९) विरुद्ध जनचेतना फैलाउन स्वयंसेवक र शिक्षकहरू परिचालन गरेको छ ।


    ADVERTISEMENT

    images

    शिक्षकलाई कोरोना भाइरसबारे जनचेतना जगाउन घरदैलो कार्यक्रममा परिचालन गरेको बढैयाताल गाँउपालिकाको सिमा वर्ति भारतिय क्षेत्र सिमा पारिबाट ओहोर दोहोर गर्न नदिनका लागि स्वयंसेवक समेत परिचालन गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ बताए ।

    अर्को सूचना जारी नभएसम्म बढैयातालका सबै फ्रेस हाउस, पसल, सवारी साधन बन्द गर्ने, अत्यावश्यक उपभोग्य सामानका पसलहरु बन्द नगर्ने र दैनिक उपभोग्य वस्तुको कमी हुन नदिन उद्योग वाणिज्यसँग सहकार्य गरि कालोबजारीविरुद्ध कडा कारबाही गरिने समेत प्रमुख श्रेष्ठले भने ।

    बढैयाताल गाउँपालिकाले विद्यालयका २ सय ६५ शिक्षक घर दैलो मै पुगेर कोरोना भाइरस (कोभिड—१९) विरुद्ध जनचेतना फैलाउने र एक महिने करारमा लिइएका ६६ जना स्वयं सेवक लाई नेपाल प्रहरी र सशस्त्र प्रहरी संग मिलेर आईतबारदेखि गाउँगाउँ र भारतीय सिमा क्षेत्रमा परिचालन गरिएको श्रेष्ठले जानकारी दिए ।

    बिना कारण घरबाट बाहिर ननिस्कन कोरोना भाइरस (कोभिड—१९) विरुद्ध जनचेतना फैलाउन बिभिन्न संचार माध्यम सन्देश प्रवाह गरेको र सबै नागरिकहरुलाई घरबाट बाहिर निस्कन, घरमै बस्न समेत सबैमा अनुरोध समेत प्रमुख श्रेष्ठले गरे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij