Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

५ संस्थाले बाँडे कोरोनाको संक्रमणबाट बच्न सर्वसाधारणलाई मास्क

  • बर्दिया टुडे
  • 7.3K
    SHARES
  •  

    कोरोना भाइरस (कोभिड(१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गुलरियाका ५ संस्थाहरु मिली कपडाको माक्स वितरण गरेका छन । 


    ADVERTISEMENT

    images

    भिडभाड हुने स्थान तथा जोखिमलाई मध्यनजर गर्दै गुलरिया नगरपालिका स्थित राधाकृष्ण चोकमा आमसर्बसाधारण हरुलाई सचेतना मुलक सन्देश प्रवाह गर्दै मास्क वितरण गरिएको हो ।

    कोरोना भाइरसको संक्रमणबाट बच्नु पर्ने भन्दै प्रहरी प्रशासनले चौतर्फी उच्च सतर्कता अपनाउन आग्रह गरेका छन ।

    समाजिक उत्तरदायित्व ठान्दै सचेतनाका कार्यक्रममा सहकार्य गर्दै यस्ता क्रियाकलापमा सरिक हुन आग्रह समेत गरिएको नयाँशिरा बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष गेहेन्द्र ढकालले बताए ।

    कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको भन्दै जोखिमबाट बच्न बर्दिया सदरमुकाम गुलरिया स्थीत नयाँशिरा बहुउद्धेश्य सहकारी, सुनौलौ महिला बहुउद्धेश्य सहकारी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, गुलरिया खानेपानी उपभोक्ता संघ र बेस बर्दियाको संयुक्त सहभागीतामा ५ सय थान कपडाको मास्क वितरण गरिएको ढकालले बताए ।

    बर्दियामा विभिन्न संघ संस्था, स्थानिय तह प्रहरी प्रशासन लगायतले जनचेतना मुलक पर्चा पम्पलेट, व्यानर, संचार माध्यम मार्फत जिंगल प्रशारण तथा बैक र मानिसको आवत जावत बढीहुने स्थानमा हात धुनलाई सावुन पानीको व्यवस्था समेत गर्न थालेका छन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij