Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कालोबजारीलाई रोक्न गुलरिया नगरपालिकालमा बजार अनुगमन तीव्र

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  •  

    कोरोना भाइरस फैलिन सक्ने आशंकामा हुने कालोबजारीलाई रोक्न बर्दियामा बजार अनुगमन तीब्र पारिएको छ । दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन गुलरिया नगरपालिकाले बजार अनुगमन तीव्र पारेको हो ।
    गुलरिया नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बर्दिया, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हकहित संरक्षण केन्द्रसहितको टोलीले बजार अनुगमन गरेको हो ।
    विभिन्न सामग्रीहरुको अभाव हुन नदिनका लागि अनुगमन शुरु गरिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले जानकारी दिए गुलरियामा रहेको गणपति आयल स्टोर्स खैरापुर, हिमालयन आयल स्टोर्स तुलापुर, बाबा आयल स्टोर्स गुलरिया र निलो आयल स्टोर्समा बिहीवार अनुगमन गरिएको हो । अनुगमनमा आयल स्टोर्सहरुमा खरिद बिक्रीदेखि स्टकसम्म निरीक्षण गरिएको थियो ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij