Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा चट्याङ लागेर सासु–बुहारीको मृत्यु

  • बर्दिया टुडे
  • 9.6K
    SHARES
  •  

    हावाहुँरीसँगै परेको चट्याङका कारण यहाँ २ जनाको ज्यान गएको छ । शनिबार राती चट्याङ लागेर ठाकुरबाबा नगरपालिका–५ गोविन्दपुरकी ७० वर्षीया बिस्री थारु र उनकी ४५ वर्षीया बुहारी फुलरानी थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।


    ADVERTISEMENT

    images

    शनिबार दिउँसो सासु बुहारी स्थानिय बगनाहा बजार गएका थिए । आफन्तसँग भेटघाट गरि घर फर्कने क्रममा बाटोमै उनीहरुलाई चट्याङ लागेको बताइएको छ । शनिबार साँझ हावाहुरीसँगै आकाश गड्याङ्गगुडुङ्ग गर्दै असिना पानी परेको थियो । त्यसैबेला उनीहरुलाई चट्याङ् लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरुको शव बाँसको झाग नजिकैको खाल्डोमा फेला परेको हुँदा पानीबाट ओत लाग्न बाँसको झांग मुनी गएको बेला चट्याङले हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।

    हावहुरीसँगै आकाश गडगडाउँदै पानी परिरहेको बेला घरबाट उनीहरुका आफन्तले फोन गर्दा आफुहरु ओत लागेर बसेको र पानी रोकिनासाथ घर आउने उनीहरुले बताएको परिवारको भनाई उद्धित गर्दै स्थानिय हिरा थारुले बताए । धेरै बेरसम्म पनि घर नआएपछि खोजी गर्दै जाँदा उनीहरुको शव बाँस नजिकै सडक किनारको खाल्डोमा फेला परेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij