Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

१४ वटा विद्यालयका २०० जना विद्यार्थीलाई युनिक छात्रवृत्ती वितरण

  • बर्दिया टुडे
  • 8.8K
    SHARES
  •  

    युनिक नेपाल बर्दियाले १४ वटा विद्यालयका २०० जना विद्यार्थीलाई युनिक छात्रवृत्ती वितरण गरेको छ ।


    ADVERTISEMENT

    images

    भौंरा टप्पा क्षेत्रमारहेका २ वटा स्थानिय तह गेरुवा गाँउपालिका र राजापुर नगरपालिका भित्रका माध्यमिक विद्यालयहरुमा कक्षा १० मा अध्ययन गर्ने गरिव, जेहेन्दार,अपाङ्गता भएका बिद्यार्थीहरुलाई जनही ७ हजारका दरले कुल १४ लाख रुपैया छात्रबृती बितरण गरेको हो ।

    पूर्व भुमिसुधार मन्त्री युनिक नेपालका संरक्षक एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले राजापुर नगरपालिका वडा नं १ स्थित वालावजारमा आयोजित एक कार्यक्रममा छात्रबृती बितरण गरेका हुन ।

    ‘शिक्षित सभ्य समाजमा विकास निर्माण र समाज सुधार गर्न सहज हुने वताउँदै आगामि दिनहरुमा छात्रबृती रकम बढाउदै लैजाने डा. दहितले प्रतिवद्धता व्यक्त गरे । उनले छात्रवृत्ती मार्फत उपलब्ध गराईएको रकमकौ सही सदुपयोग गर्न विद्यार्थी र अभिभावक दुवैलाई आग्रह गरे ।

    युनिक नेपालका अध्क्षक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारुकल्याणकारीणी सभाका केन्द्रिय सदस्य गोबिन्द प्रसाद थारु लगायत विद्यालयका प्रधानाध्यानपक, पत्रकार,विभिन्न गाउँका बडघर, स्थानिय वासी तथा अभिभाबकहरुको उपस्थीती रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य युनिक नेपालका महासचिव महादेव चौधरीले गरेका थिए भने कार्यक्रम को संचालन युनिक नेपालका आजिवन सदस्य नरेशलाल कुसुम्याले गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij