Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महिनावारीका कारण विद्यालय छोड्ने किशोरीहरुको संख्या घट्यो

  • बर्दिया टुडे
  • 8.8K
    SHARES
  •  

    नेहा पोख्रेल बर्दियाको राजापुर नगरपालिका–१ मा रहेको कालिका माध्यमिक विद्यालय चनौरा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।


    ADVERTISEMENT

    images

    उनीसँगै उनका साथीहरु पहिले महिनावारी भएको बेला विद्यालय प्रायः आउँदैनथे । तर आजभोलि विद्यालयलमा महिनावारी स्वच्छता व्यवस्थापन कक्ष स्थापना संगै निःशुल्क सेनेटरी प्याडको व्यवस्था भएपछि उनीसँगै उनका साथीहरु नियमित विद्यालय आउने गरेका छन् ।

    विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन कक्ष स्थापना संग सेनेटरी प्याड राखिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको उनले बताइन् । ‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो।’ उनले भनिन् , ‘अहिले यहाँ पढ्ने अन्य साथीहरुलाई पनि धेरै सजिलो भएको छ ।’

    पोखरेल मात्र होइन्, गेरुवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय गोला कक्षा ९ मा पढने रेखा थारु पनि आजभोलि महिनावारी भएपछि नियमित विद्यालय आउँछिन् । ‘पहिले–पहिले विद्यालयमा प्याडको व्यवस्था थिएन’ चौधरीले भनिन् ‘महिनावारी भएको बेला निकै समस्या हुने गरेको थियो । महिनावारी भएपछि विद्यालय नगएर घरमै बस्थें । विद्यालयमा महिनावारी भएपछि कसैलाई नसोधेर घरमा आउने गर्थे ।’

    (विद्यालयमा शिक्षिका संग सेनेटरी प्याड माग्दै सरस्वती आधारभुत बनकट्टीकी छात्रा)

    अहिले विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन कक्ष स्थापना संगै निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेपछि विद्यालयमा महिनावारी भएको अवस्थामा छात्राले शिक्षकसँग सम्पर्क गरेर लाज नमानी सेनेटरी प्याड माग्ने गरेको कालिका माध्यमिक विद्यालय चनौराका प्रधानाध्यापक विरवल चौधरीले वताए । ‘हामीले विद्यालयमा उनीहरू अनुकूल वातावरण बनाउने प्रयास थालेका छौं ।’ प्रधानाध्यापक चौधरीले भने, ‘महिनावारी भएकै कारण छात्राले विद्यालय छाड्ने समस्या अहिले हटेको छ ।’

    सुरु–सुरुमा विद्यार्थीहरुलाई समस्या भएपछि पनि आफ्नो समस्या नवताउने तथा सेनेटरी प्याड माग्न लजाउने गरेका थिए । तर आफूहरुले महिनावारी भनेको सामान्य समस्या हो यसमा अप्ठ्यारो मान्नु पर्दैन् भनेर सम्झाइ बु्झाइ गरेपछि आजभोलि छात्राहरुले निर्धक्कका साथ प्याड माग्ने गरेको र समस्या वताउन थालेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरलालचौधरीले वताए । ‘अहिले विद्यालय छात्राहरु महिनावारी भएका बेला निर्धक्क भएर विद्यालय आउँछन् । विगतमा आउँदैन थिए ।’ उनले भने,‘अहिले यहाँका छात्राहरु शिक्षक शिक्षिका लाई आएर भन्छन् । अनि उनीहरुलाई सेनेटरी प्याड उपलब्ध गराईन्छ ।’ यसरी महिनावारी व्यवस्थापनका लागि विद्यालय स्थरवाट नै प्रयास थालिए पछि विद्यालय छोड्ने छात्राहरुको संख्या ह्वात्तै घटेको चौधरीले वताए ।

    (महिनावारी स्वच्छता व्यवस्थापन कक्ष सञ्चालनका लागि प्रदान गरिएको सामग्री लिदैँजनता आधारभुत विद्यालय सरखोलका शिक्षक)

    पछिल्लो समयमा कालिका मावि र जनता मावि मात्र होइनन बर्दियाको राजापुरनगरपालिका, गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाका १० वटा सामुदायिक विद्यालयहरूमा महिनावारी स्वच्छता व्यवस्थापन कक्ष सञ्चालन गरिएको गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन कक्ष सञ्चालन गरिएपछि विद्यालय तहमा यस प्रकारको सुधार भएको हो । बिद्यालयमा छात्रामैत्री शौचालय नहुनु, महिनावारी भएको समयमा आवश्यक पर्ने प्याड विद्यालयमा उपलव्ध नहुनु समस्या थिए ।

    गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सोनाह विकास समाज बर्दियाकोे साझेदारीमा सञ्चालित महिनावारी स्वच्छता व्यवस्थापन परियोजना मार्फत विद्यालयहरुमा महिनावारी स्वच्छता व्यवस्थापन कक्ष सञ्चालनका लागि आवश्यक सामग्री तथा सेनेटरी प्याड विद्यालयमा उपलव्ध गराएको हो ।

    (जनता मा. वि. गोलामा निर्माण गरिएको छात्रामैत्री शौचालय)

    यसका अतिरित्त यस परियोजना मार्फत जनता मा.बि. गोला र ने.रा.मा.बि. पुर्णापुरमा छात्रामैत्री शौचालय समेत निर्माण सम्पन्न गरिएको छ । छात्रामैत्री शौचालय सेनेटरि प्याडको प्रयोग तथा ब्यबस्थापन गर्न मिल्ने बनाईएको परियोजना संयोजक रत्न के.सी.ले बताए ।

    राजापुर नगरपालिका को कालिका मा.बि.चनौरा, गेरुवा गाउँपालिकाको जनता मा.बि. गोला, गणेश मा.बि. प्रसेनीपुर, एकप्रिय राठौर मा.बि. पाताभार, सरस्वती आधारभुत बनकट्टि, जनता आधारभुत विद्यालय सरखोल, र मधुवन नगरपालिकाको ने.रा. मा.बि. पुर्णापुर, आनन्द आधारभुत रातामाटे, गुराँस मा.बि तराताल र भृकुटि मा.बि चित्तले गरी बर्दिया जिल्लाको १० वटा सामुदायिक बिद्यालयमा परियोजना सञ्चालन भएको    थियो । संचालित परियोजनाको जम्मा बजेट ५५ लाख ७८ हजार ९३ रुपैँया रहेका संयोजक  के.सी.ले बताए ।

    नमुनाका रुपमा संचालित यस परियोजनाले समुदाय तथा बिद्यालयस्तरमा महिनावारीका बेला गरिने ब्यबहार तथा सोचमा केहि हद सम्म सकारात्मक परिबर्तन पार्न सफल भएको कुरा गुड नेवर्स ईन्टरनेशनल नेपाल बर्दियाका जिल्ला संयोजक तेज शर्माले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij