Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

“एक घर, एक सदस्य” अभियान बर्दियाबाट शुरु

  • बर्दिया टुडे
  • 5.2K
    SHARES
  • संविधानले व्यवस्था गरेको न्यायपुर्ण समाजको निर्माण गर्न दलित अगुवाहरुले बर्दियाबाट “एक घर एक सदस्य” अभियान शुरु गरेका छन । जिल्लाका सबै स्थानीयतहका सरकारी तथा गैरसरकारी निकायमा वर्गिय सहभागिता जनाइरहेका व्यक्तिहरुको उपस्थितीमा शुभारम्भ गरिएको अभियान देशैभरी संचालन गरिने छ । जस्ले गर्दा संविधानमा व्यवस्था भएअनुसार दलित समुदायका अधिकार प्राप्तीका लागी निर्माण गरिएका ऐन नियमको पालना गर्न र गराउन मद्यत पुग्ने अपेक्षा गरिएको छ ।


    ADVERTISEMENT

    images

    नेपालमा दलित समुदायको उत्थान गर्दै विभेद रहित न्यायपुर्ण समाजको निर्माण गर्न बर्दियाबाट “एक घर एक सदस्य” अभियान शुरु गरिएको छ । राज्यका हरेक तहमा सहज पहुँच पु¥याउन जनचेतना तथा दवाव सिर्जना गर्न अभियानले मद्यत पुग्ने छ । राज्यका ऐन, कानूनमा व्यवस्था भएका अधिकार प्राप्तीका लागि दलित तथा सिमान्तकृत समुदायलाई संगठित गरि एक घर एक सदस्य बनाउने अभियान बर्दियाबाट दलित सेवा संघले शुरुवात गरेको दलित सेवा संघ बर्दियाले जनाएको छ ।

    दलित समुदायका अधिकार प्राप्तीका लागी निर्माण गरिएका ऐन नियमको पालना गर्न र गराउन यस्तो अभियानको अवश्यकता परेको सम्वद्ध सरोकारवालाहरुको भनाई छ । जिल्लाका आठ वटै स्थानिय तह, सरकारी, गैरसरकारी निकायमा वर्गिय सहभागिता जनाइरहेका व्यक्तिहरुको उपस्थितीमा अभियानको शुभारम्भ गरिएको छ । संविधानमा दलित समुदायका लागी थुप्रै कानुन निर्माण भएपनि कार्यन्वयनको क्षेत्र भने फितलो रहेको दलित अगुवा तथा दलित सेवा संघका केन्द्रिय सहअध्यक्ष भुमि विकले बताए ।

    बर्दियामा मात्रै करिब ९ हजार घरधुरीका ५० हजार दलितहरुको जनसंख्या रहेको छ । यस समुदाय बाट विभिन्न निकायमा आफनो पहुँच पु¥याउने, दलित अधिकारको रक्षा गर्ने, राष्ट्र निर्माण योगदान पु¥याएका दलितहरुको संरक्षणार्थ एक घर एक सदस्य अभियान संचालनगर्न अवश्यक रहेको गुलरिया नगरपालिकाका कार्यपालिका सदस्य नयन सुनारले जानकारी गराए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij