Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न : ५ करोड ५९ लाख ५० हजार रुपैँयाको संशोधित वजेट अनुमोदन

  • बर्दिया टुडे
  • 8.2K
    SHARES
  • गेरुवा गाउँपालिकाको सातौं गाउँसभा शनिवार सम्पन्न भएको छ ।

    गाउँपालिका उपाध्यक्ष हिमा कुमारी थारुले प्रस्तुत गरेकोे आर्थिक वर्ष २०७६/०७७ को लागि ५ करोड ५९ लाख ५० हजार रुपैँयाको संशोधित वजेट अनुमोदन गर्दे गाउँ सभा सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    गाउँसभामा गाउँपालिका उपाध्यक्ष हिमा कुमारी थरुनीले चालु आ. व. मा विनियोजित भएको वजेट तथा केहि कार्यक्रमबाट वजेट वढी भई खर्च नहुने भएको र केही कार्यक्रममा वजेट नपुग भएको एवम केही नयाँ कार्यक्रम समेत सञ्चालन गर्नका लागि वजेट व्यवस्था सहित संशोधित वजेट तथा कार्यक्रम अनुमोदनका लागि प्रस्तुत गरेकी थिइन् ।

    गाउँसभाले सामाजिक विकास समितिका संयोजक वलबहादुर चलाउनेले प्रस्तुत गरेको गेरुवा गाउँपालिकाको स्वास्थ्य ऐन २०७६, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक दयाराम वैद्य थारुले प्रस्तुत गरेको गेरुवा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७६, विधायन समितिका संयोजक टेक बहादुर थारुले प्रस्तुत गरेको गेरुवा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०६७ सर्वसम्मत रुपमा पास गरेको छ ।

    त्यस्तै गेरुवा गाउँपालिका अन्तरगत गेरुवा नदीले कटान गरेका तर जग्गाधनी पूर्जा भएका जग्गाहरु जग्गाधनीहरुले भोग चलन गर्न नपाएको र वगरमा परिणत भएकाले त्यस्ता जग्गाहरुको मालपोत दस्तुरमा ७५ प्रतिशत छुट दिने निर्णय गाउँ सभाले गरेको छ । भने कार्यवोझ बढी भएका कर्मचारीहरुलाई चैत्र महिना देखि स्थानीय थप सुविधा दिने निर्णय गरेको छ ।

    गाउँपालिका कार्यालयको सभाहलमा भएको गाउँ सभामा गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन र खर्चको अवस्थाको समीक्षा समेत गरिएको थियो ।

    गाउँसभामा चालु आर्थिक वर्ष २०७६/०७७ को फागुन दोश्रो सातासम्मको आय व्यय विवरण प्रस्तुत गरिएको छ । वार्षिक कुल व्यय अनुमान रु ५२ करोड ८० लाख २८ हजार मध्ये १६ करोड ८० लाख २५ हजार २ सय २७ रुपैँया खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । यो कुल वजेटको ३२ प्रतिशत हो ।

    गाउँपालिका बाट प्रवाह गरिने सेवाको दस्तुर तथा मालपोत लगायत आन्तरिक स्रोतबाट ४७ लाख ८२ हजार आम्दानी भएको प्रतिवेदनमा उल्लेख    छ ।

    त्यसैगरी आ. व. २०७६/०७७ मा स्विकृत भएका कार्यक्रम अन्तरगत पूर्वाधार विकास तर्फ १०९ वटा योजनाहरु मध्ये ७७ वटा योजना उपभोक्ता समिति मार्फत र ३२ वटा योजना ठेक्का प्रक्रिया मार्फत अगाडी वढाईएकोमा ४ वटा योजना निर्माण सम्पन्न भईसकेको, ६५ वटा योजना सम्झौता भईसकेको र वाँकी योजना कार्यान्वयनको क्रममा रहेको गाउँ सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

    गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.ले पानसमा वत्ती बालेर गाउँसभाको शुभारम्भ गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij