नेपाल रेडक्रस साेसाइटी,ठाकुरबाबा उपशाखा स्तरीय वक्तृत्वकला प्रतियोगिता एवम् सेनिटरी प्याड तथा प्राथमिक उपचार सामग्री वितरण कार्यक्रम चुरे माध्यमिक विद्यालय, वगनाहामा बिहिवार सम्पन्न भयो ।
५६ औं जुनियर,युवा रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस साेसाइटी,ठाकुरबाबा उपशाखाकाे आयाेजना र नेपाल युवा रेडक्रस सर्कल,श्री चुरे माध्यमिक विद्यालय,वगनाहाकाे आतिथ्यतामा आयाेजित कार्यक्रमकाे उद्घाटन गर्दै शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख रामहरि रिजालले यस प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूकाे शिक्षण सिकाई उपलब्धि विकास हुनुका साथै विद्यार्थीहरूकाे प्रतिभा प्रस्फुटन हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।
यसैगरी बिद्यालयका वालवालिकाहरूकाे पठनपाठनमा महिनावारी समस्याले प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा हाम्रो मध्यवर्ती साकाेस,भुरिगाऊँले विद्यालयमा सेनिटरि प्याड तथा प्राथमिक उपचार सामग्री उपलब्ध गराएकोमा संस्थालाई शिक्षा शाखाकाे तर्फबाट धन्यवाद दिदैं ठाकुरबाबा नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालय,सहकारी,संघ, संस्था सबैकाे सामुहिक प्रयास र सहयोगबाट नगरक्षेत्रकाे शिक्षाको विकास हुने विश्वास व्यक्त गरे ।

त्यस्तै हाम्राे मध्यवर्ती साकाेसका उपाध्यक्ष दुर्गा सापकोटाले सहकारी संस्थाले वचत संकलन तथा ऋण प्रदान गर्ने कार्य मात्र नगरी सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गर्नु पर्छ भन्ने उद्देश्यले हाम्रो मध्यवर्ती वचत तथा ऋण सहकारी संस्था लिमिटेड,भुरिगाऊँले बिद्यालयमा हाम्राे मध्यवर्ती साकाेस कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू संचालन गर्ने क्रममा सेनिटरि प्याड तथा प्राथमिक उपचार सामग्री उपलव्ध गराएको विचार व्यक्त गरे ।
देश बिकासमा सहकारीको भूमिका विषयक माध्यमिक तह(कक्षा ११,१२) काे वक्तृत्वकला प्रतियाेगितामा चुरे मा.वि. वगनाहाकी बविता थापा प्रथम,चुरे मा.वि.कै दिनेश खनाल द्वितीय र किसान मा.वनकट्टीका सागरसिंह ठकुरी तृतीय भएका छन् ।
यसैगरी बिपद व्यवस्थापनमा विद्यार्थीकाे भूमिका शिर्षकमा आयाेजित माध्यमिक तह(कक्षा १० सम्म) काे बक्तृत्वकला प्रतियोगितामा श्री विशाल दिपज्याेति मा.वि.मानपुरका विवश न्याैपाने प्रथम,भेरी पव्लिक शिक्षालय,भुरिगाऊँकी भावना अधिकारी द्वितीय र चुरे मा.वि. बगनाहाका त्रिविक्रम रेग्मी एवम् चुरे मा.वि.की सुविज्ञा नेपाल र भेरी पव्लिकका मनाेज थापाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै चुरे क्याम्पस वगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पाैड्यालले विद्यार्थीहरूलाई आफ्ना भावनाहरू निर्धक्कसंग राख्ने अवसर प्रदान गरेकोमा रेडक्रस तथा सहयोगी संस्था हाम्रो मध्यवर्ती साकाेसकाे प्रशंसा गरे ।
नेपाल युवा रेडक्रस सर्कल चुरे माध्यमिक विद्यालय,वगनाहाका अध्यक्ष रमेश पुरीकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा हाम्राे मध्यवर्ती साकाेसका व्यवस्थापक गणेश थापा,विशाल दिपज्याेति मा.वि.मानपुरका प्रिन्सिपल विष्णुप्रसाद न्याैपाने र चुरे मा.वि. वगनाहाका शिक्षक नन्दाराम अधिकारीले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल रेडक्रस साेसाइटी,ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालले स्वागत गर्नु भएको कार्यक्रम काे संचालन चुरे मा.वि.वगनाहाकी युवा रेडक्रस सदस्य हृदया रावलले गरेकि थिईन ।
ठाकुरबाबा नगरपालिका १, भुरिगाऊँमा केन्द्रीय कार्यालय रहेको हाम्राे मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे बिद्यालयमा हाम्रो मध्यवर्ती साकाेस कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिका अन्तर्गतका ६ वटा सामुदायिक र ८ वटा संस्थागत गरि १४ वटै विद्यालयमा सेनिटरी प्याड तथा प्राथमिक उपचार सामग्री उपलब्ध गराईएकाे सहकारीका व्यवस्थापक गणेश थापाले जानकारी गराएका छन् ।
यसैगरि सहकारीले यहि २०७६ पाैषमा अायाेजित ठाकुरबाबा नगरस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूलाई जर्सी(पाेसाक) उपलव्ध गराएको थियोे ।