आसन्न होली पर्वलाई लक्षीत गरेर बर्दिया उद्योग बाणिज्य संघले प्रत्येक महिनाको २५ गते गर्दै आएको भौरा क्षेत्रका बजार बन्द नगर्ने भएको छ ।
संघले राजापुर,शान्तिबजार, बालाटपरा, त्रिवेणी बजार ग्वारी बालावाजर ,बिहानी बजार प्रसेनी बजार र टपरा लगायतका बजार बन्दनगर्ने निर्णय गरेको छ ।
बर्दिया उद्योग बाणिज्य संघका सचिव केदार थापाले एक बिज्ञप्ती जारी गर्दै बजार बन्द नगर्न व्यापारीहरुलाई आग्रह गरेका हुन् ।
बर्दिया उद्योग बाणिज्य संघद्वारा जारी बिज्ञप्तीमा भनिएको छ –प्रत्येक महिनाको २५ गते बजार बन्द गर्ने गरेकोमा मिति २०७६ फागुन २६ गते फागुपूर्णिमा भएको हुँदा उक्त पर्वलाई मध्यनजर गर्दै फागुन २५ गते बजार खुल्ला रहने सम्पूबर्ण व्यपारीहरुलाई यसै सुचना मार्फत जानकारी गराइन्छ ।