दुई थान भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका–९ टपरी गाँउका ५७ वर्षिय दिपबहादुर खड्काले माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाई छिपाई भरुवा बन्दुक र गोली प्रहरीले बरामद गरेको हो।
गोप्य सूचनाका आधारमा छापमार्दा खड्कासहित दुईवटा भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार ‘गोप्य सूचनाको आधारमा प्रहरी सीमा क्षेत्रमा परिचालित जिल्लाको टोलीले लुकाई छिपाई लुकाएर राखेको अवस्थामा बन्दुक र गोली बरामद गर्न प्रहरी सफल भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक याेगेन्द्र कुमार खड्काका अनुसार बन्दुकमा लाग्ने गोली–१९,केप थान–१७,बारुदको डिब्बा थान–२ र फलामको बेरिङको डिब्बा थान–१ प्रहरीले बरामद गरेको छ। प्रहरीले खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए।