Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर नगरपालिका वडा नं. २ मा निर्माणाधिन थारु सङ्ग्राहालय निर्माण स्थल गौचरनमा परिणत हुदै

  • बर्दिया टुडे
  • 3.9K
    SHARES
  • बर्दियाको राजापुर नगरपालिका वडा नं.२ मा निर्माणाधिन थारु सङ्ग्राहालय निर्माण स्थल गौचरनमा परिवर्तन हुदै गएको छ ।

    स्थानीय सरकारको पहलमा २ वर्ष अघि राजापुर नगरपालिका वडा नं. २ ग्वारीमा ४ विघाहा क्षेत्रफलमा निर्माण गर्ने भनी पर्खालको डिपिसी मात्र गरिएको थियो ।


    ADVERTISEMENT

    images

    निकै तामझामका साथ निर्माण सुरु गरिएको संग्राहालय निर्माणमा सुस्तता आउँदा स्थानिय समेत निरास हुन थालेका छन् ।

    संग्राहालय वन्ने भए पछि स्थानीय स्तरको विकास हुने आशाा थियो ।संग्राहालय गेट अगाडि पसल संञ्चालन गरिरहेका स्थानीय सन्तोष चौधरीले    वताए । तर लामो समयसम्म पनि कुनै काम नभए पछि निर्माण हुनेमा आशंका लाग्न थालेको उनको भनाई छ ।

    संग्राहालयमा आफ्ना जातिको हराउदै गएका सामान सुरक्षित संरक्षण गर्ने र आउदो पुस्ताले ति हाम्रा वस्तु हेर्न पाउने थिए तर आज सम्म यो ठाउँ गौचरन भई रहेको अर्का जेष्ठ नागरिक स्थानीय सुरजलाल चौधरीले वताए।

    आफ्नो ठाउँका संस्कार र संस्कृति जोगाउन सबै लाग्नु पर्ने वताउदै वडा नं.१ का चतुरलाल चौधरीले निर्माण कार्यमा तिव्रता दिनु पर्ने वताए ।

    आफ्नो वडामा निर्माण हुन लागेको संग्राहालय थारु जातिको मात्र नभई यो क्षेत्र र नेपालकै सम्पत्ति भएकाले निर्माण गर्न सबै लागि रहेको वडाध्यक्ष धरणीधर थारुले वताए । उनले प्रदेशबाट यसै आर्थिक वर्षका लागि वजेट विनियोजन भएकाले संग्राहालय निर्माण हुनेमा विश्वस्त रहन आाग्रह गरे ।

    बर्दिया क्षेत्र नं. २ ख का प्रदेश सांसद दिपेश थारुले प्रदेशले डिपिआरका लागि १५ लाख छुट्याएर काम गर्न जिम्मा दिइ सकेको र डिपिआर पछिको योजना बाट द्रुत गतिले प्रदेश र केन्द्रीय सरकारको लगानीमा निर्माण हुने वताए । संग्राहालय निर्माण योजनामा आफु नै प्रत्यक्ष जोडिएको वताउदै सांसद थारुले यो क्षेत्रको पहिचान निर्माण हुनेमा ढुक्क रहन आग्रह गरे । सानो योजना र लगानीले सङ्ग्राहालय पूर्ण नहुने भएकाले विस्तृत योजना र दीर्घकालिन सोचका साथ निर्माण हुने भएकाले ढिलाई भएको उनको भनाई छ ।

    यो क्षेत्रमा संग्राहालय निर्माणले स्थानीय जातिको पुराना वस्तुका संरक्षणका साथै विकासको लहरले पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने देखिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij