Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर नगरपालिकाको वडा नं. ५ अनिवार्य निशुल्क शिक्षा सुनिश्चितता भएको वडा घाेषणा

  • बर्दिया टुडे
  • 7.3K
    SHARES

  • राजापुर नगरपालिकाको वडा नं. ५ लाई अनिवार्य निशुल्क शिक्षा सुनिश्चितता भएको वडा घाेषणा गरिएको छ ।

    मंगलवार किसान माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले वडालाई अनिवार्य निशुल्क शिक्षा सुनिश्चितता भएको वडा घाेषणा गरेका हुन ।


    ADVERTISEMENT

    images

    विद्यार्थी भर्ना विशेष अभियान २०७६को अनिवार्य आधारभुत निशुल्क शिक्षा सुनिश्चितता भएको घोषणाका लागि आवश्यक मापदण्ड तथा प्रकृया पुरा गरेकाले वडालाई अनिवार्य निशुल्क शिक्षा सुनिश्चितता भएको वडा घाेषणा गरिएको हो ।

    ५ नं. वडा कार्यालयको आयोजनामा भएको घोषणा सभामा वडामा रहेका सबै विद्यालय को प्रतिनिधित्व गर्दै विद्यालय व्यवस्थापन समितिको तर्फवाट पद्म कुमारी माध्यमिक विद्यालयका वि.व्य.स. सदस्य दिनेश दहित, शिक्षकहरुको तर्फवाट पद्म कुमारी माध्यमिक विद्यालयकै शिक्षक शिव विश्वकर्मा र प्रधानाध्यापकहरुको तर्फबाट र किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर वि.क. ले निशुल्क शिक्षा घोषणा कार्यक्रमलाई सफल पार्दै प्रभावकारी कार्यान्वयनका लागि र निशुल्क गुणस्तरिय शिक्षा तथा विद्यालय सुधारका लागि सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।

    निःशुल्क शिक्षामा हाम्रो योगदान, उच्च शिक्षा दिने हामी सबैको अभियान भन्ने नाराका साथ वडा नं ५ का वडा अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख शिव प्रसाद चौधरी र बर्दिया जिल्ला समन्वय समिति का सदस्य शान्ती चौधरीले सामुदायिक विद्यालयमा अभिभावकहरुले पटक्के चासो नदिनेगरेको वताउँदै विद्यालयको सिकाई उपलब्धिमा सुधार गर्न अभिभावकहरुको चासो र अनुगमनको जरुरी भएको वताए ।

    कार्यक्रम अभिभावक, शिक्षक, वि.व्य.स.का पदाधिकारी, शिक्षा प्रेमी, बुद्धिजीवि, विद्यार्थी एवम् सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको    थियो ।

    राजापुर नगरपालिकामा अनिवार्य निशुल्क शिक्षा सुनिश्चितता भएको वडा धोषणा गर्ने ५ नं. वडा पहिलो भएको छ । वडा नं ५ मा ४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij