राजापुर प्रहरीलाई यूनिक नेपालले ४ वटा प्रहरी बिट हस्तान्तरण गरेको छ ।
सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत शनिबार राजापुर न.पा. ६ मानपुर टपरामा आयोजित एक कार्यक्रममा यूनिक नेपालका संरक्षक ,नेपाली काँग्रेसका वरिष्ठ नेता पुर्व मन्त्री डा.गोपाल दहितले बिट हस्तान्तरण गरेका हुन ।

प्रहरी विट हस्तान्तरण एवम उद्घाटन कार्यक्रममा बोल्दै डा.दहितले यूनिक नेपालले हरेक क्षेत्रमा आफ्ना सेवाहरु दिदैआईरहेको बताउदैँ यूनिक नेपालले आफ्नै आन्तरिक सहयोगबाट ४ वटा बिटहरु हस्तान्तरण गरेको बताए ।
हस्तान्तरण गरिएका बिटहरुको सही सदुपयोग गर्न इलाका प्रहरी कार्यालयलाई आग्रह गर्दे दहितले आगामी दिनहरुमा पनि थप सहयोगहरुको निरन्तरता दिईने बताए । उनले यूनिक नेपाल मार्फत राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका माध्यमिक तहका २ सय जना विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्न लागेको समेत कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षक राधेश्याम सिंह सैथवारले आगामी दिनमा सुरक्षा व्यवस्थाका निम्ती थप प्रयासहरु गरिने बताउँदै बिट हस्तान्तरणका लागि धन्यवाद ज्ञापन गरे ।
यूनिक नेपालका अध्यक्ष प्रिम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालल, बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मी,लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
हस्तान्तरण गरिएका प्रहरी विट वडा नं. ४ को राजापुर वजार र सत्ती घाट, वडा नं. ६ को मानपुर टपरा बजार तथा वडा नं. १० को कोठीयाघाटमा राखिने बताईएको छ ।