Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

१२ बुंदे प्रतिवद्धता तथा गेरूवा घोषणापत्र जारी गर्दै जिल्ला स्तरीय प्रधानाध्यापक तथा जुनियर युवा रेडक्रस सर्कल संरक्षक गोष्ठी सम्पन्न

  • बर्दिया टुडे
  • 7.6K
    SHARES
  • बर्दिया जिल्ला स्तरीय प्रधानाध्यापक रजुनियर तथा युवा रेडक्रस सर्कल संरक्षक गोष्ठी १२ बुंदे प्रतिवद्दता तथा सामुहिक गेरूवा घोषणापत्र जारी गर्दै श्री नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय, प्रसेनीपुर,मनाउमा शुक्रबार सम्पन्न भएको छ ।

    घोषणापत्रमा हरेक विद्यालयमा शैक्षिकसत्र सुरू भएको २ महिनाभित्रै जुनियर युवा रेडक्रस सर्कलको गठन गरि विद्यार्थीहरूमा मानवीय सेवा कार्यभावको विकास गर्ने,विद्यालयले “विद्यालय सुधार योजनामा विपद व्यवस्थापन र जुनियररयुवा विद्यार्थीको मानवीय सेवा तथा परोपकार गतिविधि वृद्धि गर्ने पक्ष समावेश गर्ने विद्यालयको सेवा क्षेत्रमा घट्ने हरेक विपद व्यवस्थापनमा विद्यालयमा गठित जुनियररयुवा सर्कलले सक्रिय सहयोग पु¥याउने लगायतका वुंदाहरू समावेश गरिएको छ ।


    ADVERTISEMENT

    images

    यसैगरी पालिका स्तरीय योजना निर्माण गर्दा जुनियर तथा युवा रेडक्रस गतिविधि संचालनका कार्यक्रम समावेश गर्न पहल गर्ने र हाल महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस सम्वन्धि सचेतना कार्यक्रम जिल्लाका हरेक विद्यालयसम्म पु¥याउने निर्णय गरेको गोष्ठीमा सहभागी नेपाल रेडक्रस सोसाइटी, ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालले जानकारी गराए ।
    यस अघि गोष्ठीको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गेरूवा गाउँपालिकाका उपाध्यक्ष हिमाकुमारी थारूले विपदको समयमा सेवा पु¥याउन रेडक्रसकर्मीहरू चलायमान हुनुपर्ने वताउंदै गाउँ वस्तीसम्म रेडक्रस अभियानलाई पु¥याउन गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

    यसैगरि गेरूवा गाउँपालिका शिक्षा,युवा तथा बाँकी ३ पेजमा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले बिद्यालय शिक्षाको विकास तथा शिक्षण सिकाइ अभिवृद्धिमा जुनियररयुवा रेडक्रसको महत्वपूर्ण भूमिका रहेकाले बिद्यालयमा रेडक्रसका कार्यक्रम संचालन गर्न सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे । यसैगरी नेपाल रेडक्रस सोसाइटी,जिल्ला शाखा,बर्दियाका सभापति कृष्णप्रसाद गौतमले विद्यालयमा जुनियररयुवा रेडक्रस गठन,कार्यक्रम संचालन,रेडक्रस गतिविधिमा प्रधानाध्यापकरसंरक्षकहरूको सक्रियता अभिवृद्धि र रेडक्रस गतिविधि संचालनमा स्थानीय तह र शिक्षा शाखाको सहयोगको प्रतिवद्दताका लागि गोष्ठी आयोजना गरिएको वताए ।

    नेपाल रेडक्रस सोसाइटी,जिल्ला स्तरीय जुनियर रयुवा समिति वर्दियाका संयोजक चक्रबहादुर थापाको सभापतित्वमा आयोजित गोष्ठीको उद्घाटन समारोहमा नेपाल शिक्षक महासंघ,गेरूवाका अध्यक्ष नारायणप्रसाद पौडेल,रेडक्रस गेरूवा उपशाखा सभापति डिलवहादुर बि.सी.,श्री नेपाल राष्ट्रिय गणेश मा.वि.प्रसेनीपुरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र चौधरी लागयता वक्ताहरूले गोष्ठीको सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।

    नेपाल रेडक्रस सोसाइटी,जिल्ला शाखा,बर्दियाका उपसभापति नवराज ढुंगानाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको कार्यक्रममा श्री नेपाल राष्ट्रिय गणेश मा.वि.प्रसेनीपुरका संरक्षक तथा प्रधानाध्यापक कुमार लामिछानेले स्वागत एवम् संचालन नेपाल रेडक्रस सोसाइटी,बर्दिया शाखाका उपकोषाध्यक्ष अशोक सिग्देलले गरेका थिए।

    गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी,बर्दियाका पूर्व सभापति महेशचन्द्र गौतमले रेडक्रस अभियान एवम् उपसभापति नवराज ढुंगानाले जुनियररयुवा रेडक्रस गतिविधिका वारेमा प्रशिक्षण दिएका थिए ।

    गोष्ठीको आतिथ्यता प्रदान गर्ने श्री नेपाल राष्ट्रिय गणेश मा.वि. प्रसेनीपुरका युवा रेडक्रस सर्कल अध्यक्ष राजु वि.क.को अध्यक्षतामा आयोजित गोष्ठीको समापन समारोहमा सहभागीहरूको तर्फबाट श्री पशुपति मा.वि.पशुपतिनगरका प्रधानाध्यापक नन्दकला खत्री र श्री नेपाल राष्ट्रिय मा.वि.गोडियानाका प्रधानाध्यापक शिवप्रसाद कोइरालाले गोष्ठी उपलब्धिमुलक रहेको र गोष्ठीका प्रतिवद्दताहरूमा विद्यालयहरूमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    यसैगरी आयोजक नेपाल रेडक्रस सोसाइटी,जिल्ला शाखा वर्दियाको तर्फबाट उपसभापति नवराज ढुंगाना र आतिथ्यता प्रदान गर्ने श्री नेपाल राष्ट्रिय गणेश मा.वि.प्रसेनीपुरको तर्फबाट प्रधानाध्यापक कुमार लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij