Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जिल्ला स्तरीय परियोजना अभिमुखिकरण गोष्ठी सम्पन्न

  • बर्दिया टुडे
  • 5.1K
    SHARES
  •  

    आर्थिक सशक्तिकरणका लागि सिप तथा उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत जिल्ला स्तरिय परियोजना अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । दलित महिला उत्थान संघ बर्दियाको आयोजन र लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा कर्याक्रम सम्पन्न भएको हो । कार्यक्रममा गुलरिया र मधुवन नगरपालिकालाई प्याज र बेसार पकेट क्षेत्रका रूपमा आत्म निर्भर बनाउने गरी कार्यक्रमहरु संचालन भइरहेको जानकारी गराईको छ ।


    ADVERTISEMENT

    images

    उच्च मुल्यका मुख्य कृषिवालिहरुको उत्पादनमा युवाहरुको ज्ञान, सिप र क्षमतामा सुधार ल्याउनुका साथै उत्पादित वस्तुहरुको बजारको व्यवस्था गर्नु र कृषिमा मौलिक व्यवसाय प्रवद्र्धन गरि सिप प्रयोगमा सुधार ल्याउनु परियोजनाको मुख्य उद्देश्य रहेको आयोजक संस्था दलित महिला उत्थान संघ बर्दियाकी कार्यक्रम संयोजक विष्णु नेपालीले जानकारी गराईन ।

    मंगलबार बर्दियाको गुलरियामा आयोजना गरिएको जिल्लास्तरीय परियोजना अभिमुखिकरण गोष्ठीमा सो कुराको जानकारी गराइएको हो । गोष्ठीमा दलित महिला उत्थान संघले गुलरिया नगरपालिकालाई दलित महिला उत्थान संघ बर्दियाले गुलरियालाई प्याजको पकेट क्षेत्रको रुपमा बिकासका लागि विभिन्न वडामा गरि ७६ जनाले प्याज खेती संचालन गरिरहेको नेपालीले बताईन। त्यसै गरि मधुवन नगरपालिकामा बेसारका लागि १५ बिगाहा जमिनमा काम भइरहेको कार्यक्रम संयोजक नेपालीले बताईन ।

    परियोजना संचालनका क्रममा विभिन्न समास्याहरु समेत देखा परेको संस्थाले जनाएको छ । कृषिमा युवाहरुको लागि प्रयाप्त अवसर नहुनु, उच्च मुल्यका कृषि वस्तुहरुको स्थनिय बजार सिमित हुनु, कृषिमा आधारित व्यवसाय व्यवस्थापन सिप र ज्ञानमा कमी हुनु साथै विभिन्न समस्याहरु रहेका छन् ।

    दलित महिला उत्थान संघकी अध्यक्ष खिमा विकको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरीले दलित महिला उत्थान संघले गरेको कार्यक्रमले युवाहरूलाई समेत समेटेको बताउँदै यसले युवाहरु विदेशिने क्रमलाई रोक्नेमा सहयोग पु¥याउने बताईन। अभिमुखीकरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष राम बहादुर रावल, वडा नं ५ का वडा अध्यक्ष साबित्रा गौतम, ७ नं वडाका वडा अध्यक्ष गिता बस्नेत र १० नं वडाका वडा अध्यक्ष बिरेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij