हुन त समाज अनि मानवता बुझेको व्यक्ति सबै भन्दा भिन्न हुन्छ । वास्तविकता नै हो । जसले हरेक कुरालाई नजिक बाट निहालेर अनि भोगेर आएको हुन्छ । उसलाई हरेक व्यक्तिको आखाको भाव बुझ्न , उसको भोको पेट ,गरिबी बुझ्न व्यवहार , बोली चाली ,हाउभाउ बुझ्न सहज हुन्छ ।
बोल्न न हो दुई बचन तर त्यो वचन को महत्त्व बुझ्न् सहज हुन्छ । त्यसैले त सधै नम्र र शिष्ट हुन्छ । हरेक व्यक्तिलाई भगवान जस्तो सोचेर आफ्नो दिनचर्यामा लागिरहेको हुन्छ । कुनै ब्यक्ति संगको कुरा कानी र हरेक शब्दमा एति धेरै गहिराइ ,वास्तविकता ,आत्मीयता हुन्छ ।
प्रत्येक शब्द प्रत्येक कुराहरु यति धेरै सकारात्मक र उर्जासिल,हुन्छन । कुरा सुनिरहदा नि मरेको आशा अनि भरोसा जाग्छ ।कता ,कता अनि लाग्छ साच्चै मानवता अझै बकि छ । अरुको लागि बाच्न पर्छ भन्ने कुरा थाहा छ । तर अझ धेरै व्यवहारिक हुन मन लाग्छ ।
अनि मनमा एक किसिमको आनन्दको महसुस हुन्छ ।साच्चै मानवता बाकी छ । हो नि राम्रो व्यवहारको मुल्य पैसामा नहोला तर एउटा राम्रो व्यवहारले करोडौं मान्छेहरुको मन किन्ने सामर्थ्य राख्छ ।
त्यसैले त तपाई हाम्रो जीवनका आरोह ,अवरोह गर्दा आज सम्म कति धेरै व्यक्ति संग भलाकुसारी भो तर हाम्रो मन मस्तिष्कमा त्यो व्यक्ति अझ सम्म याद छ । जस्ले हामी हुनुको कुनै महत्त्व सम्झेन आफू नै सर्बश्रेष्ठ सम्झेर हामिलाई निचा देखाउने प्रयास गरेर हरेक कार्यहरुको आलोचना गर्यो ।
कुनै व्यक्ति बिना स्वार्थ बुवा अनि आमा को भुमिकामा हामीलाई हाम्रो बुत, वर्तमान , भविस्य को अवगत गराउन लाग्छन् हामीलाई आफुले सिकेको र अनुभव गरेको कुरा शिक्षा दिन्छन् ।आज पनि मनवता बचेको जस्तो लाग्छ ।
त्यसैले सबैसँग निस्वार्थ दुई वचन मिठाे बोल्न पर्छ । खुशी र दुखी भको बेला आफुलाई नियन्त्रण गर्न सक्न पर्छ त्यो नै महान ब्यक्ति कहलाउन्छ । सबैको आखाको नानी बन्न सक्नु पर्छ ।