Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकामा आ. व. २०७६/०७७ को प्रथम सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न : ७ महिनाको अवधिमा कुल बजेटको ३२ प्रतिशत रकम खर्च

  • बर्दिया टुडे
  • 6.9K
    SHARES
  •  

    गेरुवा गाउँ पालिकाले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा कुल बजेटको ३२ प्रतिशत रकम खर्च गरेको छ ।


    ADVERTISEMENT

    images

    कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७६०/७७ प्रथम सार्वजानिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण,एवम् प्रगति का वारेमा कार्यपत्र प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत काशी प्रसाद पंगेनीले स्वीकृत बजेट ५३ करोड ९ लाख ४ हजार १ सय ७३ रुपैया मध्ये १६ करोड ८० लाख २५ हजार २ सय २७ रुपैया खर्च भएको र ३६ करोड २८ लाख ७८ हजार ७ सय ५६ रुपैया खर्च हहुन बाँकी रहेको जानकारी    गराए ।

    गाउँपालिकाले स्थानीयलाई सेवा सुविधा दिन एम्बुलेन्स खरिदका लागि १५ लाख छुट्याएको र प्रदेश सरकारबाट १० लाख रुपैया सहयोग आएको समेत प्रमुख प्रशासकीय अधिकृत पंगेनीले बताए ।

    कार्यक्रममा उपस्थित सेवाग्रही तथा सरोकारवालाहरुलेले उठाएका सवालहरुको जवाफ तथा कार्यालयले सुधार गर्नु पर्ने पक्षका वारेमा गाउँपालिकाका जिम्मेवार पदाधिकारी र जनप्रतिनिधिहरुले जवाफदेही वक्ताका रुपमा जवाफ दिदै कमी कमजोरीहरुलाई आगामी दिनहरुमा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

    गाउँपालिका अध्यक्ष जमान सिंह केसीले प्रमुख जवाफदेही वक्ताका रुपमा सहभागिहरुको जिज्ञासा मेटाउदै आफुहरु सधै जनताको हक हितमा काम गर्दै आएको र आउने दिनमा पनि अझ प्रभावकारी सेवा दिनका लागि सबै वडावासीबाट रचनात्मक सल्लाह सुझाव पाउने अपेक्षा राखेका थिए ।

    आफुहरु अहिले सिकाइकै क्रममा रहेकोबताउँदै अध्यक्ष के. सी. ले योजना कार्यान्वयन गर्दा भएका साना तिना कमजोरीहरुलाई आत्मसात् गर्दै आउदा दिनहरुमा वडामा रहेका वडघर समाजसेवी, बुद्धिजीवि सबैसगँ छलफल गरी समग्र गाउँपालिकाको विकासमा लाग्ने प्रतिवद्धता जनाएका  थिए ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जमानसिहं केसी, उपाध्यक्ष हिमा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत काशी प्रसाद पंगेनी ६ वटै वडाका वडाध्यक्षहरु, वडासदस्यहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुुख वा प्रतिनिधि, सरोकारवाला व्यक्तिहरु स्थानीय समाजसेवी, बुद्धिजीवि, बडघर सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यालय प्राङ्गणमा सम्पन्न कार्यक्रमको गेरुवा कर्णाली पोष्ट दैनिकले सहजीकरण गरेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij