आमा मलाई यो दुनियाँ कति असहज ,असजिलो लाग्छ। म तिमीलाई कति सहज र सरल रुपमा बुझ्न् सक्छु ।
तिमी पनि त त्यसरी नै मलाई कति सहजै बुझ्न् सक्छौं । हैन त ?
आमा मलाई सबै स्वार्थमा छन जस्तो लाग्छ ।कसैले कसैको बिश्वास गरेको देखिदैन आमा दुई दिनको यो जिवनमा किन यति धेरै भाग दौड गरेका हुन?
मात्र आफ्नो स्वार्थको लागि अरुको लाश माथी टेक्न पनि पछी पर्दैनन ।आमा कसैले कसैलाई निस्वार्थ सेवा गरेको देखिन किन? आमा तिमीले मलाई भनेको होईन सबैलाई आफ्नो ठान्नु जता गएनी धन थोरै मान्छे धेरै कमाउनु?
अनि आफू बरु भोकै बस्नु भोकोको पेट भर्नु ,आमा तिम्रा यस्तै यस्तै हजारौं ज्ञान् गुनका कुराहरुको घेराभित्र रहेको म तर आमा यहाँ बास्तबिकता त एउटाले अर्काको गाँस छिन्न तछारमछार गरेको देख्छु ?
आमा म तिम्रो तस्बिर हेर्छु तिमी म संग नजिक न भको बेला अनि तस्बिर संगै कुरा गर्छु ।आँखा भरि आसुको भेल बगिरहेको हुन्छ ,मन उथलपुथल हुन्छ । मलाई अरुले तिमिले गरेको जस्तो निश्चल माया गरेको कहिले आभास भएको छैन आमा किन?
अरु संग तिमि जस्तै सोचेर म नि माया गर्न नि सक्दैन। खै किन न त मन खोलेर मनका कुराहरू भन्ननै सक्छु । आमा एति धेरै माया तिम्रो किन लाग्छ । आमा मैले तिमिलाई धेरै सताएको पनि छु ।आमा मेरो जीवन तिम्रो देन हो तिमी साझ बिहाना कति धेरै दुख गरिरहेकी छाै।
न दिन न रात भनी दु :ख गरिरहेकी मात्र आफ्नो सन्तानको भबिस्यको चिन्तामा तिमी मेरि आमा मेरा मनका कुरा तिमिलाई सबै भनेर मनलाई राहत मिल्छ । तिमी नजिक न भको बेला तिम्रो तस्बिर हेर्दै मनको बह मिटछु ।
म सोच्ने गर्छु तिमिले मलाई 9 महिना कसरी आफ्नो शरीरमा राख्यौं होला कति गाह्रो भको होला तर पनि सब पिडा बिर्सेर मलाई जन्म दियौं आमा अनि कति गाह्रो भयो होला पालन पोषण गर्न तर नि कसरी यति धेरै कर्म संगै मेरो पनि हेरचाह गरेउ होला।
आमा कति माहान तिमी तिम्रो महिमा भनेर साध्य छैन । म तिम्रा बयान यी शब्दहरुले कहिले पुर्ण गर्न सक्दैन ।
आमा तिमी मेरो आखाकी नानी हो । आमा तिमी मेरो खुशी हो । तिमी मेरो म हुनुको पुर्णता हो । आमा तिमी मेरो घनिष्ठ मित्र हो ।
आमा तिमिलाई म सर्बश्रेष्ठ ब्यक्ति मान्छु । तिमीले गरेको त्याग, बनिदान,निस्वार्थ माया कहिले बिर्सिने छैन मेरि आमा