Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रेडक्रस ज्ञान एवम् प्राथमिक उपचार अभिमुखिकरण कार्यशाला बनकट्टीमा सम्पन्न

  • बर्दिया टुडे
  • 9.3K
    SHARES
  •  

    नेपाल रेडक्रस साेसाइटी ठाकुरबाबा उपशाखा स्तरीय शिक्षक नायक गाेष्ठी तथा रेडक्रस ज्ञान एवम् प्राथमिक उपचार अभिमुखिकरण कार्यशाला श्री किसान मा.बि.बनकट्टीमा शुक्रबार सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    कार्यक्रमकाे उद्घाटन गर्दै ठाकुरबाबा नगरपालिका वडा नं.५ का वडाध्यक्ष गंगाराम खनालले रेडक्रसका कार्यक्रमहरूवाट वालवालिकाहरूमा मानवीय सेवाकाे भावना विकास गर्नुका साथै समुदायमा सचेतना फैलाउन सहयोग पुगिरहेकाे विचार व्यक्त गरे ।

    यसैगरी चुरे क्याम्पस,वगनाहाका क्याम्पस प्रमुख कृष्णप्रसाद पाैड्यालले सुख दु:खकाे साथी रेडक्रसले विद्यार्थीहरूलाई पराेपकारी मार्गमा ल्याउन विगतदेखि नैं महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे विचार व्यक्त गरे।

    गाेष्ठीमा नेपाल रेडक्रस साेसाइटी, वर्दियाका उपसभापति नवराज ढुंगाना,काेषाध्यक्ष चक्रबहादुर थापा,उपकाेषाध्यक्ष अशाेक सिग्देल एवम् प्याव्सन ठाकुरबाबाका अध्यक्ष घनश्याम शर्मा,अधिकारीले गाेष्ठी सफलताको कामना गर्दै शुभकामना व्यक्त गरे ।

    नेपाल रेडक्रस साेसाइटी,ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालकाे अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत मन्तव्य किसान मा.वि. वनकट्टीका शिक्षक नायक शान्ति शर्मा र संचालन शिक्षक दिपक लामाले गरेका थिए ।

    गाेष्ठीमा नेपाल रेडक्रस साेसाइटी,बर्दियाका उपसभापति नवराज ढुंगानाले जुनियर/युवा रेडक्रस कार्यविधि,काेषाध्यक्ष चक्रबहादुर थापाले रेडक्रस अभियान वारे जानकारी एवम् उपकाेषाध्यक्ष अशाेकप्रसाद सिग्देल र शान्ति शर्माले विद्यालयमा घट्ने घटनाहरूका वारेमा प्रयाेगात्मक अभ्यास सहित जानकारी गराएका थिए ।

    शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेड वगनाहाकाे सहयोगमा नेपाल रेडक्रस साेसाइटी ठाकुरबाबा उपशाखाकाे आयाेजना र युवा रेडक्रस सर्कल श्री किसान मा.वि.बनकट्टीकाे आतिथ्यतामा गाेष्ठी आयाेजना गरिएको हाे ।

    गाेष्ठी अत्यन्त फलदायी भएको वताउंदै सहभागी मनुषा टिकासिंह थापा वहुमुखी क्याम्पस ,भुरिगाऊका शिक्षक धर्मराज घर्ती र दुर्गा जनज्योति प्रा.वि.पेरहनीका शिक्षक सीता सापकोटाले प्राथमिक उपचार सम्वन्धि पूर्ण जानकारीका पूरा अवधिकाे थप तालिम संचालन गरे ।

    गाेष्ठीकाे अवसरमा सहयोगी संस्था शिक्षक कल्याण साकाेसका वारेमा जानकारी प्रदान गरिनुका साथै संस्थाकाे साैजन्यमा निर्मित विद्यालयकाे शिक्षण सिकाइ सन्दर्भ सामग्रीकाे रूपमा प्रयोग गर्न सकिने रेडक्रस परिचय सम्वन्धि जानकारीमूलक सामग्री सवै शिक्षण संस्थालाई वितरण गरिएको उपशाखा काेषाध्यक्ष राजेन्द्रप्रसाद शर्माले वताए ।

    उपशाखाकाे वार्षिक कार्यक्रम अनुसार ठाकुरबाबा नगरपालिका अन्तरगतका क्याम्पस तथा सामुदायिक एवम् संस्थागत विद्यालयमा गठित जुनियर / युवा रेडक्रस सर्कल परिचालन गर्ने शिक्षक नायकहरूलाई रेडक्रस ज्ञान,सर्कल परिचालन एवम् विद्यालयमा घट्ने घटनाहरूमा गरिने प्राथमिक उपचार वारे जानकारी गराउने उद्देश्यले गाेष्ठी आयाेजना गरिएको सभापति यज्ञप्रसाद नेपालले वताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij