Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दादुरा–रुबेलाबाट जोगाउन अनिवार्य खोप लगाउन स्वास्थ्य कार्यालय बर्दियाको आग्रह

  • बर्दिया टुडे
  • 5.0K
    SHARES
  • आफ्ना बालबालिकालाई दादुरा–रुबेलाबाट जोगाउन अनिवार्य रुपमा खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले अनुरोध गरेको छ ।

    नेपालबाट दादुरा–रुबेला रोग पुर्ण रुपमा निवारण गर्ने उद्देश्यले दादुरा–रुबेला खोप संचालन गर्न लागिएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।


    ADVERTISEMENT

    images

    दादुरा–रुबेला अति छिटो भाइरसका माध्यमले सर्ने संक्रामक रोग भएकाले सामन्यतया ५ बर्ष मुनिका बालबालिकामा धेरै लाग्ने भएको हुँदा खोप लगाउने अभियान सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरिले बताएका छन् ।

    प्रमुख गिरीले गर्भावस्थामा रुबेला सक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा जन्मजात अपाङ्ग हुनुका साथै बाल मृत्युको कारण मध्ये दादुरा पनि एक भएकाले यहि फागुन १५ गते देखि संचालन हुने अभियानमा आफ्ना बालबालिकालाई खोप लगाउन गिरीले आग्रह गरेका छन् ।

    कार्यक्रममा दादुरा–रुबेलाको संक्रममण भएमा आँखामा अन्धोपना, झाडापखाला लाग्ने, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण हुने जानकारी गराईएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले दादुरा–रुबेलाबाट बचाउने एकमात्र उपाय खोप नै भएकाले अभियानको समयमा आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेको छ ।

    दादुरा–रुबेला पहिलो चरणको अभियान फागुन ७ गते देखि १५ गते सम्म ६ वटा पालिकामा संचालन हुने जानकारी गराईएको छ । दोस्रो चरणको अभियान फागुन २० गते देखि २८ गते सम्म राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा संचालन हुने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

    अभियानमा ४० हजार ६ सय ४८ जनालाई दादुरा रुबेला खोप र ४८ हजार २ सय २७ बालबालिकालाई पोलिया थोपा खुवाउने कार्यक्रममा जानकारी दिइएको थियो । सो अभियानका लागि बर्दिया जिल्लामा ४ सय ७० ओटा खोप केन्द्र, ८ सय ३१ जना स्वयंसेवक र २ सय ७० जना खोप कार्यकर्ता परिचालन हुने जिल्ल स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij