स्थापनाको ५० औ बर्ष पुगेको अवसरमा बर्दियाको गुँरास माध्यमिक विद्यालयले धुम धामका साथ स्वर्ण महोत्सव मानाएको छ । स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा स्थापना गरीएको स्वर्ण स्तम्भ प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले आनावरण गर्नुभएको छ ।

स्वर्ण स्तम्भ अनावरण गर्दै मन्त्री बरालले गुँरास माध्यमिक विद्यालय एक उत्कृष्ट विद्यालय भएको बताउनु भयो । उहाँले पछिल्लो समयमा प्रदेश नं ५ ले संघिय सरकारले जस्तै प्रदेश नमुना विद्यालय घोषणा गर्ने कार्यक्रम रहेको बताउँदै गुँरास माध्यमिक विद्यालय प्रदेश नं ५ को नमुना विद्यालयमा पर्न हकदार विद्यालय भएको बताउनु भयो । उहाँले निश्चित प्रक्रिया पुर्याएर गुँरास माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा घोषणा गरीने बताउनु भयो ।

मन्त्री बरालले संसार फरक युगमा पुगीरहेको बेलामा समेत हामीले विद्यालयमा कक्षा कोठाको अभाव, विद्यार्थीहरु बस्ने डेस्क बेन्च अभाव, शिक्षक अभाव पाठ्यपुस्तक अभावलाई सामाना गरीरहेका छौ । उहाँले भन्नु भयो अब हामी तिनै तहका सराकार यो समस्याको सामना गर्न सक्षम छौँ । अब केही समयमा नै संघिय सरकारले शिक्षा ऐन ल्याउँदै छ । त्यसपछि यस्ता समस्याका समाधान हुनेछ ।
प्रदेश नं ५ का साढे आठ सय विद्यालयमा नतिजा सुधार विशेष कार्यक्रम सुरु गर्न लागेको बताउँदै मन्त्री बरालले आगामी बर्ष देखि प्रदेशका एक हजार विद्यालयमा विज्ञान र गणितको शिक्षण सुधारको कार्यक्रम अगाडी बढाउन थालेको बताए । अहिले विद्यालयहरु लर्निङ्ग सेन्टर भन्दा ट्र्ेनिङ्ग सेन्टरको रुपमा चलिरहेको बताउँदै विद्यालयलाई अब लर्निङ्ग सेन्टर बनाउनु पर्ने बताउनु भयो ।

शुभकामना मन्तव्य दिँदै मधुवन नगरपालिकाका नगरप्रमुख गणेश केसीले नगरको शैक्षिक गुणस्तर सुधारको लागि नगरपालिका लागेको बताए । उनले सामुदायिक विद्यालय र नीजि विद्यालयको दुरी कम गर्नका लागि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षा सुरुवात गरीएको बताए । उनले विद्यार्थी संख्याको आधारमा शिक्षकको नियुक्ती गरेको बताउँदै दक्ष जनशक्ती उत्पादनका लागि नगरपालिको सबै वडामा प्राविधिक शिक्षाको सुरुवात गरीने बताए । गुँरास माध्यमिक विद्यालय नमुना विद्यालय हुन लायक भएकोले गुँरास माध्यमिक विद्यालय भएरै छाड्ने बताउनु भयो ।
स्वर्ण महोत्सवमा गुँरास माध्यमिक विद्यालयले ‘गुँरास स्मारिका २०७६’ को समेत विमोचन गरेको छ । विभिन्न साँस्कृतिक प्रस्तुती सहित सञ्चालन गरीएको महोत्सवमा विद्यालयका उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी उत्कृष्ट अभिभावकलाई सम्मान गरेको छ । उत्कृष्ट शिक्षकको रुपमा गुँरास माध्यमिक विद्यालयका शिक्षक प्रकाश शर्मा अधिकारी सम्मानित भएका छन् । उनी यस अघि पनि नेपाल सरकार र स्थानीय तहबाट उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भएको थिए । त्यसैगरी प्रधानाध्यापक केशव पौडेल समेत विद्यालयमा लामो समय देखि सेवा गरेकोमा मुल समारोह समितिले सम्मान गरेको छ । २० बर्ष भन्दा बढि विद्यालयमा सेवा गर्ने शिक्षक कृष्णबहादुर खत्री लगाएतकालाई सम्मान गरीएको थियो ।

गुराँस माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सप्ताह व्यापीको कार्यक्रम आयोजना गरेको थियो । सप्ताह व्यापी कार्यक्रममा मोटरसाईकल र्याली, पत्रकार सम्मेलन, कलश यात्रा, भलीबल प्रतियोगीता, हिसाव दौड, म्युजीकल चेयर प्रतियोगिता राखेको थियो ।स्वर्ण महोत्सवको अवसरमा विद्यालयले प्रतियोगीताका उत्कृष्ठ विद्यार्थीहरुलाई नगद पुरुस्कार तथा प्रमाणपत्र दिएको छ ।
त्यसैगरी गुँरास माध्यमिक विद्यालयका पुर्व शिक्षक, पुर्व विद्यार्थी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको भेला गराएको थियो । भेलाले गुराँस माध्यमिक विद्यालय पुर्व विद्यार्थी एल्मोलाई एसोसियसन गठन गरेको छ । एसोसियसनले गुँरास माध्यमिक विद्यालयको विकासको लागि कार्य गर्ने छ ।
विद्यालयले स्वर्ण महोत्सवको अवसरमा महोत्सव सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई सम्मान गरेको छ । त्यसैगरी महोत्सवको लागि दान गर्ने दानविरहरुलाई समेत प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ । महोत्सव सफल पार्नका लागि करिब एक सय ६० जनाले आर्थिक सहयोग गरेका थिए । सहयोगबाट उठी महोत्सव सञ्चालनबाट बचेको रकमले स्कुल बस खरिद गरी सञ्चालनममा ल्याउने विद्यालयले जनाएको छ ।