नेपाल बिमक संघको आयोजना, सक्षम तथा यूके एडको सहयोग र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवस्थापनमा लघुविमा सम्बन्धि देशव्यापी एक दिने अभिमुखीकरण कार्यक्रम गुलरियामा सम्पन्न भएको छ ।
“सुरक्षा र भरोसाका लागि, कृषि तथा पशुधन विमालाई प्रर्वद्धन गर्नका लागि” भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा नेपाल विमा संघका कार्यक्रम अधिकृत कृष्णप्रसाद न्यौपानेले अभिमुखीकरण का उद्देश्यहरु, लघुविमाको परिचय, उद्धेश्य, महत्व, विमाका प्रकार र विमा गर्ने प्रक्रिया तथा विमा रकम सम्बन्धमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका वडा अध्यक्षहरु लगायत विभिन्न विमा कम्पनी, संघ संस्थाका प्रतिनिधी, नगरपालिका कृषि विकास शाखाका प्रतिनिधी, सहकारी संस्थाका प्रतिनिधी र संचारकर्मी लगायतको सहभागिता रहको थियो ।
एभरेष्ट विमा कम्पनीका नायब महाप्रबन्धक भरत कुमार भट्टराईले कृषि तथा पशुधन विमाको परिचय र विमा गर्ने प्रक्रिया, विमाको सिमाको विषयमा जानकारी गराएका थिए ।
बाँसगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तुलप्रसाद गौतमले दीपज्योति प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रम संचालन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको गणेश बहादुर वलीले गरेका थिए भने स्वागत मनतव्य उक्त कम्पनीका नायब प्रमुख कार्यकारी पवन थापाले राखेका थिए ।