नेपाल शिक्षक संघ गाउँ कार्य समिति गेरुवा गाउँपालिकाको दोश्रो प्रतिनिधी समा सम्पन्न भएको छ ।
नेपाल शिक्षक गाउँ कार्य समिति गेरुवा गाउँ पालिकाका अध्यक्ष योगेन्द्र कुमार चौधरीले प्रस्तुत गरेको सांगठानिक र अर्थ सचिव पदम प्रसाद उपाध्याय ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुमोदन गर्दै सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन दिप प्रज्वलन गरेर गेरुवा गाउँ पालिकाका अधक्ष जमान सिंह के. सी. ले गरेका थिए ।

उद्घाटन सत्रमा गाउँ पालिका अध्यक्ष जमान सिंह केसी, नेपाल शिक्षक संघ बर्दियाका अध्यक्ष नारायण प्रसाद शर्मा, शिक्षक संघ प्रदेश कार्य समिति सदस्य खगेन्द्र खनाल, विद्यालय कर्मचारी परिषद गेरुवा गाउँपालिकाका अध्यक्ष कमल सुवेदीले समाको सफलताको शुभकामना दिएका थिए ।
शिक्षक संघ गेरुवा अध्यक्ष योगेन्द्र कुमार चौधरीको सभापतित्वमा सम्पन्न प्रतिनिधि सभाको उद्रुघाटन सत्रमा अध्यक्ष तिर्थ धितालले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन सह सचिव मनोज ढुङ्गानाले गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस वाट गाउँ पालिकामा निर्वाचित पदाधिकारी हरुलाई सम्मान गरिएको थियो ।