प्रदेश नं ५ का सामाजिक बिकास मंत्री सुदर्शन बरालले वेला वेमा गरिने खेलकुद प्रतियोगिताहरुले बालबालिकाहरुको शारिरीक विकासमा मात्र नभई मानसिक र बौद्धिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
बर्दियाको राजापुरमा शुक्रवार देखि शुरु भएको तेश्रो मेयरकप तथा राष्टूपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन ।
मन्त्री वरालले सार्वजनिक विद्यालयहरुमा शिक्षाको गुणस्तर वृद्धि गर्न प्रदेश सरकार चिन्तित र गंभिर भएको बताउँदै भौतिक पुर्वाधार, शैषिक सामग्री र शैक्षिक जनशक्तिको अभावका कारण खस्किएको शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक क्षेत्रलाई हरेक नीति, योजना र कार्यक्रमको केन्द्रिय विषय वस्तु वनाउने प्रयास प्रदेश सरकारले गरेको वताए ।
उनले भने,‘ शैक्षिक क्षेत्रमा गुणस्तर हासिल नगरे सम्म देशमा समाजवाद सम्भव छैन’ ।
बर्दिया जिल्लालाई प्रदेशका तर्फ वाट दिइने योजनाहरुमा कुनैकमी हुन नदिने प्रतिवद्धता जनाउँदे सामाजिक बिकास मन्त्री बरालले प्रदेश नं ५ लाई शिक्षाको क्षेत्रमा अगाडी बढाउन प्रदेश ५ का बुटवल, दाङ, र नेपालगञ्जमा बिश्वविद्यालय संचालन गर्नुका साथै यसै बर्षवाट लुम्वीनि बौद्ध बिश्व विद्यालयको सहकार्यमा एम्एडको अध्ययन बुटवलमा प्रारम्भ गरीसकेको बताए ।
बर्दिया जिल्लामा थारुजातिको वाहुल्यता भएकाले थारु जातीमा मात्रै देखिएको सिकलसेल एनीमिया रोगको पहिचान तथा उपचारकालागी क्रमागत शिर्षकमा यस आर्थिक बर्षमा १० लाख बजेट बिनीयोजन गरेको समेत मन्त्री बरालले जानकारी दिए ।