नेपाल रेडक्रस साेसाइटी,ठाकुरबाबा उपशाखाकाे २४ औं वार्षिक उपशाखा सभा रानीपुर स्थित खाे खाे स्टेडियममा शनिबार सम्पन्न भएको छ ।
सभाकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले विभिन्न प्रकारका दैवी विपत्तिका घटनाहरूवाट पिडित जनताकाे उद्दार गर्न एवम् राहत प्रदान गर्ने कार्यमा रेडक्रसले निर्वाह गरेकोे भूमिका प्रसंशनिय रहेकाे विचार व्यक्त गरे ।
यसैगरि ठाकुरबाबा नगरपालिकाका नगरउपप्रमुख कृष्णा कुश्मा,थारूले मानवीय सेवामा समर्पित रेडक्रससँग मिलेर ठाकुरबाबा नगरपालिकाले काम गरिरहेकाे र रेडक्रसलाई अावश्यक सहयोग गर्न नगरपालिका तयार रहेकाे विचार व्यक्त गरिन ।
सभाकाे अवसरमा नेपाल रेडक्रस साेसाइटी ठाकुरबाबा उपशाखा क्षेत्रबाट प्रतिनिधित्व गरि नेपाल रेडक्रस साेसाइटी बर्दियाकाे सभापति काे भूमिका निर्वाह गर्नु भएका पूर्व जिल्ला सभापति महेशचन्द्र गाैतम सहित ठाकुरबाबा उपशाखामा समाहित साविक वगनाहा उपशाखाका पूर्व सभापतिहरू गाेविन्दप्रसाद सिग्देल,नवराज ढुंगाना,बिमलाखर न्याैपाने र पुष्पराज वजगाई एवम् साविक ठाकुरद्वारा उपशाखाका सभापतिहरू कृष्णप्रसाद शर्मा,वाग्ले र काँशीराम पाेखरेललाई रेडक्रस अभियानलाई विस्तार एवम् संस्थागत गर्ने कार्यमा निर्वाह गरेकोे उल्लेखनीय याेगदानका लागि दाेसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।
सम्मान ग्रहण पश्चात् सम्मानित व्यक्तित्वहरूकाे तर्फबाट मन्तव्य व्यक्त गर्दै नेपाल रेडक्रस साेसाइटी, जिल्ला शाखा वर्दियाका उपसभापति नवराज ढुंगानाले रेडक्रस अभियानमा लागेका अग्रजहरूलाई सम्मान गरेकोमा ठाकुरबाबा उपशाखा परिवारलाई धन्यवाद ज्ञापन गरे ।

नेपाल रेडक्रस साेसाइटी,ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालकाे अध्यक्षता सम्पन्न सभामा नेपाल रेडक्रस साेसाइटी,जिल्ला शाखाका सदस्य बिष्णुप्रसाद भट्टराई,चुरे क्याम्पस वगनाहाका, क्याम्पस प्रमुख कृष्णप्रसाद पाैड्यालले उपशाखा सभाकाे सफलताको कामना गर्दै शुभकामना दिएका थिए ।
सभाले उपशाखा कार्य समितिकाे २०७५ चैत्र १६ गते निर्वाचन भएदेखि २०७६ पाैष मसान्तसम्मकाे प्रगति प्रतिवेदन एवम् प्रस्तावित कार्यक्रमका साथै काेषाध्यक्ष राजेन्द्रप्रसाद शर्माद्वारा प्रस्तुत लेखापरीक्षण,अार्थिक प्रतिवेदन एवम् प्रस्तावित अाय व्यय विवरण समेत पारित गरेको छ ।
रेडक्रसका आजिवन तथा साधारण सदस्यहरूकाे उपस्थिति रहेकाे सभामा नेपाल रेडक्रस साेसाइटी, ठाकुरबाबा उपशाखा उपसभापति विजया खनालले स्वागत एवम् संचालन सचिव अर्जुन थापाले गरेका थिए ।
रेडक्रस अभियानलाई ग्रामीण तहसम्म संस्थागत गर्ने क्रममा २०५२ सालमा स्थापित नेपाल रेडक्रस साेसाइटी, बगनाहा उपशाखा र ठाकुरद्वारा उपशाखा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखाकाे निर्णयानुसार एकीकृत भई २०७५ चैत्र १६ गते पहिलो निर्वाचन पश्चात सर्वसम्मतिले गठन भएको नेपाल रेडक्रस साेसाइटी,ठाकुरबाबा उपशाखा कार्यसमितिले विभिन्न संघ,संस्था, व्यक्तिकाे सहयोगमा सेवामूलक तथा पराेपकारी कार्य गर्दै आईरहेकाे सभापति यज्ञप्रसाद नेपालले वताए ।