बर्दियाको राजापुरमा जारी माघी महोत्सवको अवधि थपिएको छ ।
माघ ८ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव प्रतिकुल मौसमका कारण ३ दिन थप गरिएको आयोजकले जनाएको छ ।
लगातारको वर्षाका कारण गत शुक्रवार (माघ ३ गते) एक दिन महोत्सव स्थगित गरिएको थियो ।
बर्दिया उद्योग वाणिज्य संघको आयोजनामा पौष २८ गतेदेखि राजापुरमा बर्दिया माघी महोत्सव २०७६ सञ्चालन भईरहेको छ ।
दर्शक र ब्यापारीहरुको मागका कारण महोत्सव थप गरिएको आयोजकले जनाएको छ ।
स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालय बर्दियाबाट महोत्सव अवधि थपकालागि अनुमती प्राप्त भएसँगै आगामी माघ ८ गतेसम्म महोत्सवको समयसीमा थपिएको बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीले जानकारी दिए ।
करीब २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा विभिन्न प्रकारका थारु परिकारका स्टलका थारुगाउँ, संस्कृति र परम्परा झल्कने सामग्रीका साथै किराना पसलका सामान, फलफुलका वोट विरुवा, लत्ता कपडा लगायतका स्टलसगैँ रमाईलो मेलाका मौतका कुवा, पिङ, झुला, रमाईलो रेल लगायतका मेलाका आकर्षण रहेका छन् ।
महोत्सव आगामी माघ ११ गते शनिवार समापन हुने आयोजकले जनाएको छ ।
समृद्ध बर्दियाको प्रमुख आधार व्यापार, कृषि पर्यटन संस्कृति र पूर्वाधार भन्ने मुल नाराका साथ बर्दियाको भौरा क्षेत्रको व्यापार ,कला संस्कृती र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ बर्दियाको राजापुरमा सञ्चालित माघी महोत्सवमा आज हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बल्छी धुर्बेको नामले परिचित मरिचमान श्रेष्ठ र थारु गितसंगीत जगतका होनहार चर्चित सुपरमोडल एवम गायक राज कुश्मी लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले बताएको छ ।
यसैगरी महोत्सवमा १० गते चर्चित हट लोक गायिका ज्योति मगर र ११ गते नेपाली चलचित्र जगतका सदाबहार अभिनेताका रूपमा चिनिएका भुवन केसी को प्रस्तुती रहने छ ।