बर्दियाको राजापुर नगरपालिका क्षेत्र भित्र सुरक्षा चुनौति बढेको छ ।
राजापुर नगरपालिका भित्र चोरीका घटना बढ्दै जान थाले पछि सुरक्षा चुनौति बढेको हो ।
गत हप्ता राजापुर बजारमै रहेको अनुवर साईकल स्टोरमा भएको चोरीको घटना सेलाउन नपाउदै गए राति राजापुर नगरपालिका वडानं. ७ शंकरपुरमा २ घरमा चोरी भएको छ ।
शंकरपुरका स्थानीय कान्त प्रसाद गोडियाको घरमा १ थान मोवाईल, ३ हजार भारतीय रुपैया र भारु १ हजार ५ सय वरावरको महिलाले टाउकोमा लगाउने चादीको गहना चोरी भएको छ ।
यस्तै प्रवेश गोडियाको घरमा पनि मोवाईल, श्रृङ्गार वाकस भित्र रहेको नगद १ हजार ५ सय रुपैया चोरले लगेको स्थानीय वडघर ओम प्रकाश यादवले वताए ।
अहिले राजापुर नगरपालिका भित्र भई रहेको चोरीका घटनाले राजापुरको सुरक्षा व्यवस्थामा फितलो पना देखिएको छ ।
नगरपालिकामा सीमा क्षेत्रमा प्रहरी चौकिदेखि इलाका प्रहरी कार्यालय सम्म पनि प्रहरी गस्तीमा ननिस्कने भएकाले घटना वढ्न थालेको पिडितको भनाई छ ।
प्रहरीले नगरपालिका भित्रको सुरक्षा व्यवस्था बलियो भएको बताउने गरे पनि स्थानीय भने चोरी हुन सक्ने त्रासमा बाच्न बाध्य भएका छन् ।