Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दिया माघी महोत्सवको आकर्षण बन्याे थारु गाउँ

  • बर्दिया टुडे
  • 9.9K
    SHARES
  • पुष २८ गते देखि राजापुरमा सञ्चालन भएको बर्दिया माघी महोत्सवको मुख्य आकर्षण थारु गाउँ बनेको छ ।


    थारु गाउँमा विभिन्न थारु परि कारको स्वाद लिन महोत्सवमा आउने दर्शकहरुको भिड लाग्न थालेपछि महोत्सवको प्रमुख आकर्षण थारु गाउँ वनेको हो ।


    ADVERTISEMENT

    images


    बर्दिया माघी महोत्सवमा रहेको थारु गाउँमा करीव २० वटा जति थारुपरिकारका स्वाद चखाउने स्टलहरु रहेका छन् ।


    दिउसो २ वजे देखि साँझ ६ बजे सम्म थारु परिकार घोंघी,गंगटा,माछा सुतही, मुसाको मासु,बंगुरको मासु बयरको चटनी, लोकल कुखुरा ढिक्री र अनदी चामलको विशेष परिकार खानआउनेहरुको थारु गाउँमा निकै भिड हुने गरेको छ ।


    यतिबेला ब्यवसायीहरुलाई थारु परिकार चखाउन भ्याईनभ्याई छ ।


    २० वटा जति स्टल रहेको थारुगाउँमा एउटा स्टलमा देनिक २० देखि ३० हजार बरावरको कारोवार हुने गरेको ब्यवसायीहरु वताउँछन् ।


    थारुगाउँमा स्थानीय थारु संस्कृतीका परिकारहरु वेच्न व्यस्त रेशमी चौधरीले ग्राहकका मग अनुसारकमा परिकार पुर्याउन नसकिएको बताईन् ।

    ‘ग्राहकहरुको माग पुरा गर्न सकिरहेका छैनौ’ उनले भनिन,‘स्थानीय थारु परि कारका स्वाद चाख्न पाईने भएपछि ग्राहकहरु बढेका छन् ।


    त्यस्तै बर्दिया माघी महोत्सवको थारु गाउँमा स्टल राखेकी पुनम चौधरीले थारु गाउँमा ब्यापार राम्रो हुनुका साथै थारु कला संस्कृतीको संरक्षणमा समेत टेवापुगेको बाँकी बताईन ।‘यहाँ हामीले प्रस्तुत गर्ने सांस्कृतीक कार्यक्रमले थारु कला संस्कृतीको समेत संर क्षण भएको छ ’ उनले भनिन् ।


    पुष २८ गते देखि माघ ८ गते सम्म आयोजना गरिने महोत्सव मौसमको प्रतिकुलता र स्थानीयको आग्रहका कारण थप ३ दिन अर्थात ११ गते सम्म चल्ने बताईएको छ ।

    बर्दिया माघी महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती, बर्दिया डान्स आईडल २०७६एकल खुल्ला डान्स प्रतियोगिता लगायत वाल उद्यान, रमाईलो मेला मौतका कुवाँ,झुला डुंगा, चर्खे पिंग,स्थानीय उत्पादन प्रदर्शनी, स्थानीय कला संस्कृति झल्कने स्टलहरु राखिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij