राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तरगत स्थानीय तहका जनप्रतिनिधि र शिक्षा सम्वद्ध पदाधिकारीहरूका लागि ३ दिने क्षमता विकास तालिम आइतवारदेखि भुरिगाउंमा सुरू भएको छ ।
तालिमकाे उद्घाटन गर्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष घननारायण श्रेष्ठले शिक्षाले मानिसमा चेतना भर्ने काम गर्ने भएकालेे नगरकाे विकासका लागि शिक्षाको विकास पहिलो प्राथमिकता रहेको विचार व्यक्त गर्नु भयो ।
यसैगरी ठाकुरबाबा नगरपालिकाका उपप्रमुख कृष्णा कुश्मा थारूले कुनैं पनि काम र विकास गर्न मानिस शारीरिक पक्षका साथै मानसिक रूपमा तयार हुनु पर्ने भएकाले मानसिक रूपमा तयार वनाउने काम शिक्षाले गर्ने भएकाले ठाकुरवावा नगरपालिकाले शिक्षाको विकासमा जाेड दिएकाे विचार व्यक्त भयो ।
नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका वर्दिया जिल्ला संयाेजक मनाेज भण्डारीले कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्नु भएको थियो । यसै गरि स्वागत मन्तव्य सामाजिक विकास समितिका संयाेजक वडाध्यक्ष राधा चाैधरीले स्वागत एवम् शिक्षा शाखा अधिकृत सीता भण्डारीले संचालन गर्नु भएको थियोे । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधि,प्रधानाध्यापक ,शिक्षक एवम् संघ संस्थाका प्रतिनिधिकाे सहभागीता रहेको छ ।
पहिलो दिनकाे कार्यक्रममा ठाकुरबाबा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख रामहरि रिजालले शिक्षा सम्वन्धि निति तथा कार्यक्रमहरू,सहश्राव्दि विकास लक्ष्य र ठाकुरबाबा नगरपालिकाकाे शैक्षिक अवस्था ,गरिएका कार्यहरू र चुनाैतीका बारेमा,EGRP का जिल्ला संयाेजक मनाेज भण्डारीले EGRP काे लक्ष्य,उद्देश्य र मध्यावधि मूल्यांकन एवम् पूर्व श्राेतव्यक्ति बालकृष्ण आचार्यले EGRP का न्यूनतम मापदण्ड र मापनका वारेमा सहजीकरण गर्नु भएको थियोे ।
नेपाल सरकारले प्राथमिक तह कक्षा १,२,३ का विद्यार्थीहरूमा पठनसिपकाे विकास गर्ने उद्देश्यले USAID काे सहयोगमा सन् २०१५ देखि १६ जिल्लामा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम संचालन गरिरहेकाे छ,जसवाट प्राथमिक तहका विद्यार्थीहरूमा पठनप्रवाह र पठनवाेध लगायतमा पक्षमा सुधार भएको पाईएकाे छ।