Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गुलरियामा ग्लोबल आईएमई बैंकको शाखा स्थापना, राजापुर र बाँसगढीमा पनि राखिने

  • बर्दिया टुडे
  • 6.6K
    SHARES
  • बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा ग्लोबल आईएमई बैंकले आफनो नयाँ शाखा विस्तार गरेको गरेको छ ।

    आइतबार ग्लोबल आईएमई बैंकले बर्दिया जिल्लाको दोस्रो शाखा कार्यालय संचालन गरे सँगै कारोबार शुरु गरेको जनाएको छ ।


    ADVERTISEMENT

    images

    गुलरियामा नयाँ शाखा थपिए संगै हाल सम्म ग्लोबल आईएमई बैंकको जम्मा शाखा संख्या २ सय ६७ पुगेको बैंकले जनाएको छ ।

    नेपालको हरेक क्षेत्र र वर्ग र समुदायका माझ सम्म सेवा पुराउने उद्देश्यले ७ वटै प्रदेशका बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दे आएको ग्लोबल आईएमई बैंक प्रदेश नं ५ का प्रमुख रवि श्रेष्ठले बताए ।

    बर्दिया जिल्लाको भुरिगाँउमा पहिलो कार्यालय खोलेको बैंकले सदरमुकाम गुलरियामा आज एक कार्यक्रमका बीच दोस्रो कार्यलय खोलेर बैंकिङ कारोवार संचालनमा ल्याएको हो ।

    चाँडै नै बर्दियाको सवै क्षेत्रका व्यक्तिहरुले पाएक पर्ने स्थानहरु राजापुर र बाँसगडिमा पनि नयाँ शाखा विस्तार गर्ने श्रेष्ठको भनाई छ ।

    बैंकले कृषि कर्जा अन्तर्गत बाख्रा पालन, माछा पालन, तरकारी खेती लगायतका कर्जामा १५ लाख सम्म सरल र छिटो ऋण उपलब्ध गराउने ग्लोबल आईएमई बैंक गुलरिया शाखा प्रमुख राजेश सिंहले बताए ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij