बर्दियाको कोठीयाघाटमा ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दुर्घटनामा घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ । । गम्भीर घाइते हुनेमा गेरुवा गाँउपालीका वडा ५ का विनोद चौधरी जुन थारु र रुवेन थारु रहेका छन् । गम्भीर घाइते ३ जनालाई प्रहरीले उपचारका लागि नेपालगञ्ज नेपालगञ्ज पठाएको छ । । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बर्दियाको ठाकुरद्वारा वाट गेरुवा आउदै गरेको लु १ त ७२०० नम्वरको ट्याक्टर कोठियाघाट पुलको मोडमा हुस्सु लागेका कारण नियन्त्रण बाहिर गई दुर्घटनामा परेको थियो । ट्याक्टर चालक गेरुवा गाउँपालिका ५ वस्ने वर्ष २८ का मिठु थारु लाई प्रहरीले नियन्त्रणमा लिएका छ ।
घाईतेहरुको विवरण :–
१. राजापुर नगरपालिका वडा नं. १ बस्ने वर्ष १९ की निलम चौधरी
२. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. २ बस्ने वर्ष ११ को उमेश थारु
३. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १४ की झरना कुमारी थारु
४. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १८ की जुन थारु
५. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १३ को रुवेन थारु
६.गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १६ को हरिकेश थारु
७. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष ७ को आकाश थारु
८. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष २२ को वालकृष्ण चौधरी
९. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १६ को अविशेक थारु
१०. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १५ को शुरेश थारु
११. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष २१ को दिनेश थारु
१२. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १८ को विनोद चौधरी
१३. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष २१ को विकास थारु
१४. गेरुवा गाउँपालिका नगरपालिका वडा नं. ५ बस्ने वर्ष १८ को विरेन्द्र थारु
१५. राजापुर नगरपालिका वडा नं. २ बस्ने वर्ष २० को शुशिल चौधरी
१६. राजापुर नगरपालिका वडा नं. ६ बस्ने वर्ष १८ की राजेन्द्र थारु