Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुर माघी महोत्सव सोमवारबाट शुरु : महोत्सवमा भाेली दुर्गेश, गोपाल र सोनिकाको प्रस्तुति रहने

  • बर्दिया टुडे
  • 6.7K
    SHARES
  •  

    बर्दियाको राजापुरमा माघी महोत्सव सुरु भएको छ ।


    ADVERTISEMENT

    images

    समृद्ध बर्दियाको प्रमुख आधार व्यापार,कृषि, पर्यटन संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ सोमवारबाट सुरु भएको हो ।

    राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले एक कार्यक्रमका विच पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन ।

    बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मीको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

    उद्घाटन कार्यक्रमका वक्ताहरुले महेत्सवको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

    बर्दियाको कृषि र पर्यटनको विकास तथा ऐतिहासिक क्षेत्रको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिन लागेको आयोजक बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष रेग्मीले बताए ।

    महोत्सव अवधिभरको खर्च कटाएर महोत्सवबाट बचेको रकमको ६० प्रतिशत रकम संस्थाको बिकासमामा लगानी गरिने र ४० प्रतिशत रकम गरीब विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गर्न खर्च गरिने अध्यक्ष रेग्मीले बताए । महोत्सव बाट अनुमानित ६० लाख रुपैँया आम्दानी हुने र करीव ४५ लाख रुपैँया खर्च हुने समेत उनले बताए ।

    झण्डै १ सय २५ वटा व्यापारिक स्टलहरु रहने माघी महोत्सवमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने आयोजकले जनाएको छ ।

    महोत्सवमा थारुजातीकोे संस्कृति, थारुगाउँ, खानाका परिकार, भेषभूषा, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु महोत्सवको मुख्य आकर्षणहरु रहको अध्यक्ष रेग्मीले बताए ।

    महोसवको देस्रो दिन भाेली दुर्गेश थापा, गोपाल जंग थापा रसोनिका के. सी. लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    रमणीय पर्यटकिय स्थल, प्राचीन बजार, मठ मन्दिर समेत रहेको विविध ऐतिहासिक सांस्कृतिक विविधताले भरिपूर्ण राजापुरमा क्षेत्रमा गरिन लागेको माघि महोत्सव ले यहाँकोको पर्यटन क्षेत्रकोपनी बिकास हुने अपेक्षा गरिएको छ ।

    महोत्सव माघ ८ गते सम्म चल्ने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij