बर्दियाको राजापुरमा आयोजना गर्न लागिएको बर्दिया माघी महोत्सव २०७६ को सम्पूर्ण तयारी पुरा भएको छ ।
समृद्ध बर्दियाको प्रमुख आधार व्यापार,कृषि, पर्यटन संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ आज सोमवारबाट सुरुहुने महोत्सवको दिउसो १ वजे राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
बर्दियाको कृषि र पर्यटनको विकास तथा ऐतिहासिक क्षेत्रको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिनलागेको आयोजक बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मीले बताए ।
महोत्सव अवधिभरको खर्च कटाएर महोत्सवबाट बचेको रकमको ६० प्रतिशत रकम संस्थाको बिकासमामा लगानी गरिने र ४० प्रतिशत रकम गरीब विद्यार्थी छात्रवृत्ति कोषको स्थापना गर्न खर्च गरिने अध्यक्ष रेग्मीले बताए । महोत्सव बाट अनुमानित ६० लाख रुपैँया आम्दानी हुने र करीव ४५ लाख रुपैँया खर्च हुने समेत उनले बताए ।
झण्डै १ सय २५ वटा व्यापारिक स्टलहरु रहने माघी महोत्सवमा २ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने, आन्तरिक तथा वाह्य पर्यटकहरु महोत्सवका लक्षित अवलोकनकर्ताहरु रहने आयोजकले बाँकी ३ पेजमा जनाएको छ ।
महोत्सवमा थारुजातीकोे संस्कृति, थारुगाउँ, खानाका परिकार, भेषभूषा, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम तथा राष्टिूय ख्याती प्राप्त कलाकारहरु नायक राजेश हमाल,बिराज भट्ट ,नायीका रेखा थापा,गायक दुर्गेश थापा,हाँस्य कलाकार मनोज गजुरेल लगायतकाको वेजोड प्रस्तुतिहरु महोत्सवको मुख्य आकर्षणहरु रहको अध्यक्ष रेग्मीले बताए ।
रमणीय पर्यटकिय स्थल, प्राचीन बजार, मठ मन्दिर समेत रहेको विविध ऐतिहासिक सांस्कृतिक विविधताले भरिपूर्ण राजापुरमा क्षेत्रमा गरिन लागेको माघि महोत्सव ले यहाँकोको पर्यटन क्षेत्रकोपनी बिकास हुने अपेक्षा गरिएको छ ।
महोत्सव माघ ८ गते सम्म चल्ने छ ।